ह्युन्डाई नेपालद्वारा स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म जित्न सकिने “दशैं–तिहार, १० गुणा उपहार” अफरको घोषणा

  • Technology Khabar | ३ भाद्र २०८२, मंगलवार
ह्युन्डाई नेपालद्वारा स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म जित्न सकिने “दशैं–तिहार, १० गुणा उपहार” अफरको घोषणा

काठमाडौं ।

नेपालका लागि ह्युन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले सधै झैँ यस वर्ष पनि दशैं–तिहारको अवसरमा विशेष अफर “दशैं–तिहार, १० गुणा उपहार” घोषणा गरेको छ।

नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्साेउल्लास बनाउन ह्युन्डाईले “दशैं–तिहार, १० गुणा उपहार”  अफर घोषणा गरेको छ।

यस अफर अन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर समेत पाउनेछन्। यसका साथै, ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउनेछन्। प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

यस दशैं–तिहारमा, ह्युन्डाई नेपालले सबै अटोप्रेमीहरू र सम्भावित ग्राहकहरूलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर “दशैं–तिहार, १० गुणा उपहार” अफरको फाइदा लिन आग्रह गरेको छ। यो अफर भदौ २, २०८२ देखि सुरु हुने जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: ३ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार