सामसङद्वारा कठिन वातावरणका लागि ग्यालेक्सी ट्याब एक्टिभ ५ को मजबुत संस्करण सार्वजनिक

Technology Khabar ३ भाद्र २०८२, मंगलवार

काठमाडौं ।

सामसङले आफ्नो ग्यालेक्सी ट्याब एक्टिभ ५ को मजबुत संस्करण सार्वजनिक गरेको छ। यो ट्याब्लेट विशेष गरी कठोर र कठिन परिस्थिति भएका वातावरणहरुमा डिभाइस चाहिने व्यक्तिहरूका लागि डिजाइन गरिएको बताइएको छ। यो मोडेललाई ग्यालेक्सी ट्याब एक्टिभ ५ इन्टरप्राइज एडिशन भनिने उल्लेख गरिएको छ।

दक्षिण कोरियाली टेक जायन्टले टिकाउपनको वृद्धि, रिइन्फोर्स्ड डिजाइन र पानी, धुलो र पानीको थोपा प्रतिरोधको साथ नयाँ ग्यालेक्सी ट्याब एक्टिभ ५ इन्टरप्राइज एडिशन निर्माण गरेको बताइएको छ।

कठोर र कठिन क्षेत्रका कामदारहरू र उद्योगहरूको लागि बनाइएको यो डिभाइसलाई अन्य स्ट्याण्डर्ड डिभाइसहरूले टक्कर दिन नसक्ने उल्लेख गरिएको छ।

ट्याब्लेटमा कर्निङ गोरिल्ला ग्लास ५ सँग एम आईएल–एसटीडी–८१०एच रेटिङ (मिलिटरी ग्रेड) र पानी र धुलो प्रतिरोधको लागि आईपी६८ रेटिङ रहेको छ।

ट्याब्लेटमा सामसङ एसडीएसको एसएएएस सुइटमा एक वर्षको निःशुल्क पहुँच र दुई महिनाको ब्रिटी कोपाइलट एआई सहायक पनि पाइने छ। जेलो मा निःशुल्क पुश–टु–टक क्लाउड सदस्यता र गुगल कार्यस्थानमा ५० प्रतिशत छुट पनि समावेश रहेको छ।

डिभाइसको अगाडिको भागमा १२० हर्ज रिफ्रेस रेट र ५ मेगापिक्सेलको सेल्फी शूटरको साथ ८ इन्चको डब्ल्यूयूएक्सजीए टीएफटी डिस्प्ले समावेश गरिएको छ।

त्यसैगरी, ट्याब्लेटको पछाडिको भागमा एलईडी फ्ल्यासको साथ १३ मेगापिक्सेलको क्यामरा रहेको छ। डिभाइसमा ८जीबी सम्मको र्याम र २५६जीबीको आन्तरिक स्टोरेजको साथ अक्टा कोर प्रोसेसर समावेश गरिएको छ। साथै माइक्रोएसडी कार्ड स्लट मार्फत १टीबी सम्म स्टोरेज विस्तार गर्न पनि सकिने छ।

ग्यालेक्सी ट्याब एक्टिभ ५ इन्टरप्राइज एडिशनमा ५,०५० एमएएच ब्याट्री प्याक रहेको छ। अन्य उल्लेखनीय सुविधाहरूमा एस पेन, सुरक्षाको लागि फिङ्गरप्रिन्ट स्क्यानर, वाईफाई ६, एनएफसी र ब्लुटुथ ५.३ समावेश रहेका छन्। ट्याब्लेटको ६ जीबी + १२८ जीबीको मूल्य ४९,९९९ भारतीय रुपैयाँबाट सुरु हुन्छ भने ८ जीबी + २५६ जीबीको मूल्य ५६,९९९ भारतीय रुपैयाँ पर्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ३ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया