वैज्ञानिकहरूले विकास गरे पासवर्डमार्फत् मस्तिष्क पढ्न सक्ने प्रणाली, यसरी काम गर्छ

Technology Khabar ३ भाद्र २०८२, मंगलवार

काठमाडौं ।

अनुसन्धानकर्ताहरूले ब्रेन–कम्प्युटर इन्टरफेस (बीसीआई) प्रस्तुत गरेका छन्। यसले इनर स्पिच (भित्री बोली), प्रयोगकर्ताको विचारलाई ७४ प्रतिशतसम्म सटिकताको साथ वाक्यमा परिणत गर्न सक्ने बताइएको छ।

अघिल्ला डिभाइसहरू भन्दा फरक, यो प्रणालीले प्रयोगकर्ताले प्रि–सेट पासवर्डको बारेमा सोचेपछि मात्र डिकोड गर्न थाल्ने रिपोर्ट गरिएको छ। साथै यसले व्यक्तिले साझा गर्न नचाहेका विचारहरूमा आकस्मिक “चुपचाप” हुनबाट रोक्ने उल्लेख गरिएको छ।

सेल जर्नलमा प्रकाशित अध्ययनले बीसीआईले बोली कठिनाइ भएका चार सहभागीहरूको ब्रने सिग्नल्स (मस्तिष्क संकेतहरू) रेकर्ड गर्न “मोटर कोर्टेक्स” मा राखिएको माइक्रोइलेक्ट्रोडहरू प्रयोग गर्ने बताएको छ।

यी सिग्नल्स (संकेतहरू) आर्टिफिशियल इन्टेलिजेन्सद्वारा विश्लेषण गरिएको र यसले फोनेमहरू पहिचान गरेर तिनीहरूलाई १२५,००० टर्म (शब्द) हरूको शब्दकोशबाट शब्दहरूमा संयोजन गर्ने उल्लेख गरिएको छ।

अध्ययनको नतिजाहरूले इनर स्पिच (भित्री बोली) र स्पिच अटेम्प्टस् (बोली प्रयासहरू) मस्तिष्कको एउटै क्षेत्रबाट उत्पन्न हुने र इनर स्पिच सिग्नल्स (संकेतहरू) कमजोर भएको देखाएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्राइभेसी कीको रूपमा पासवर्ड

प्रयोगकर्ताहरूलाई पूर्ण नियन्त्रण दिनको लागि अनुसन्धानकर्ताहरूले डिकोडिङ सक्रिय गर्ने “ट्रिगर” शब्द प्रस्तुत गरेका छन्।

सहभागीहरूले मानसिक रूपमा पासवर्ड “चिट्टी–चिट्टी–ब्याङ–ब्याङ” भनेपछि प्रणालीले यसलाई ९८ प्रतिशतभन्दा बढी शुद्धताका साथ पहिचान गरेको बताइएको छ। यसले प्रयोगकर्ताले यससँग अन्तक्र्रिया गर्ने निर्णय नगरेसम्म डिभाइसलाई बन्द रहन अनुमति दिने उल्लेख गरिएको छ।

यो तरिकाले सुरक्षित बीसीआई प्रणालीहरू विकास गर्ने दिशामा महत्त्वपूर्ण कदमलाई प्रतिनिधित्व गरेको र यसले बोली अपाङ्गता भएका मानिसहरूलाई उनीहरूको विचारहरूमा पूर्ण नियन्त्रण कायम राख्दै मद्दत गर्न सक्छ भन्ने तथ्यमा विज्ञहरूले जोड दिएका छन्।

टोलीले मस्तिष्कका अन्य क्षेत्रहरू अध्ययन गर्ने र डिकोडिङको गतिका साथै शुद्धता सुधार गर्ने योजना बनाएको बताइएको छ। साथै सञ्चार कठिनाइहरूको फराकिलो स्पेक्ट्रमलाई समर्थन गर्नु यसको उद्देश्य भएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ३ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया