धेरै मानिसहरूले प्रयोग गर्ने गुगल वालेट एपमा थप सुधार

Technology Khabar ३ भाद्र २०८२, मंगलवार

काठमाडौं ।

गुगल वालेटको अब, डिजाइनमा थोरै सुधार गरिएको छ। विगत केही वर्षहरूमा डिजिटल भल्टमा रूपान्तरण भएको गुगल वालेटले प्रयोगकर्तालाई आवश्यक पर्ने लगभग सबै चीजहरू स्टोर (भण्डारण) गर्न सक्छ। छ।

वालेटले प्रयोगकर्ताको क्रेडिट र डेबिट कार्डहरू मात्र नभएर यसले कन्सर्ट टिकटहरू, कुपनहरू, एयरलाइन टिकटहरू, आईडी कार्डहरू र राहदानीहरू पनि स्टोर गर्न सक्छ। गुगलको सबैभन्दा शक्तिशाली एपहरू मध्ये एक मानिएको यो एप धेरै मानिसहरूले थाहा नपाई प्रयोग गर्ने एपहरू मध्ये एक भएको टेलिग्राफले रिपोर्ट गरेको छ।

यो एप जति ठूलो हुँदै गएपनि एपमा धेरै पटक नयाँ अपडेटहरू आएको देखिएको र यसले नयाँ र उपयोगी सुविधाहरूको होस्ट ल्याएको उल्लेख गरिएको छ। एपले अब प्रयोगकर्ताको कार्डहरू छिटो निकाल्ने कुरामा थोरै “सुधार” गर्दैछ जुन सफा इन्टरफेसको साथ एन्ड्रोइड १६ मा एपको पछिल्लो संस्करण प्रयोग गर्नेहरूका लागि अझ उपयोगी हुने बताइएको छ।

एक रेडिट प्रयोगकर्ताबाट आएको यो समाचार गुगल वालेट सबरेडिटमा साझा गरिएको बताइएको छ जसले नयाँ ओभरले इन्टरफेसको तस्बिर देखाउँदै २५.३१ सहितको एपको संस्करण नम्बरको खुलासा गरेको छ। यो सुविधा उपलब्ध छ कि छैन भनेर प्रयोगकर्ताले आफ्नो फोन जाँच गर्न सक्नेछन् भने यो धेरै सीमित संस्करण मात्र हुन सक्ने थप उल्लेख गरिएको छ।

पछिल्लो युजर इन्टरफेस एक्सेस गर्नको लागि प्रयोगकर्ताले पहिले गुगल वालेट बिटा एप अपडेट गर्नुपर्नेछ र त्यसपछि प्ले सर्भिसेस अपडेट गरेर आफ्नो फोनको पावर बटन डबल–प्रेस गर्दा वालेट देखा पर्ने गरी सेट गर्नुपर्ने (अहिलेको लागि पिक्सेल मात्र) बताइएको छ।

यो डिफल्ट भने नभएको हुनाले नयाँ सुविधा प्रयोग गर्नु अघि यो सेटिङ्ग परिवर्तन गर्नुपर्नेछ। यो सबै सेटअप भएपछि, पावर बटनमा डबल–ट्याप गर्दा नयाँ गुगल वालेट यूआई ओभरले सक्रिय गर्नेछ।

त्यसपछि, नयाँ ब्लर ब्याकग्राउण्ड (धमिलो पृष्ठभूमि) को साथ स्क्रिनको बीचमा आफ्ना कार्डहरू स्पष्ट रूपमा प्रदर्शित भएको देख्न सकिनेछ। साथै माथि एनएफसी रिडरको नजिक आफ्नो फोन समात्न निर्देशन दिने एउटा सूचक पनि हुनेछ। आवश्यक भएमा आफ्नो कार्डहरू मार्फत स्वाइप पनि गर्न सकिनेछ भने डबल ट्यापले पूर्वनिर्धारित कार्ड खोल्ने उल्लेख गरिएको छ।

यदि वालेट एपलाई थप विवरणमा एक्सेस गर्न आवश्यक परेको खण्डमा नयाँ स्क्रिनमा यसको लागि विकल्प उपलब्ध रहेको बताइएको छ। साथै यसको राम्रो पक्ष भनेको यसले एप आफैँ नखोल्ने र एक पटक लेनदेन पूरा भएपछि प्रयोगकर्ता पहिले गरिरहेको काममा फर्कने उल्लेख गरिएको छ। आईफोनमा भने पहिले नै यस्तै सुविधा उपलब्ध रहेको बताइएको छ। समर्थित पिक्सेल फोनमा एन्ड्रोइड १६ को साथ गुगल वालेट एप अपडेट गरेर यसलाई परिक्षण गनै सकिने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ३ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया