Technology Khabar ३ भाद्र २०८२, मंगलवार
काठमाडौं ।
एप्पलले भूलवश आफ्ना धेरैओटा आगामी नयाँ डिभाइसहरूको बारेमा खुलासा गरेको छ। यो कदमसँगै एप्पलले पनि “एप्पल इन्फर्मेसन लीक्स” व्यवसायमा प्रवेश गर्न इच्छुक भएको जस्तो देखिएको छ।
एप्पलले गल्तिले खुलासा गरेको डिभाइसहरूको सूचीमा बी५२५ कोडनेम गरिएको नयाँ होमपड मिनी रहेको विदेशी मिडियालाई उद्धृत गर्दै टेलीग्राफले रिपोर्ट गरेको छ।
एप्पलले जारी गरेको अघोषित नयाँ डिभाइसहरू मध्ये ए१७ प्रो चिपद्वारा सञ्चालित नयाँ एप्पल टिभी रहेको छ। ए१७ प्रो चिप आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा समावेश गरिएको छ।
त्यसैगरी एप्पलले जारी गरेको डिभाइसहरूको सूचीमा नयाँ आईप्याड मिनी (जे५१०/जे५११) पनि रहेको छ। साथै यसमा शक्तिशाली नयाँ ए१९ प्रो एक्सेसरी हुने अपेक्षा गरिएको छ।
एप्पलले नयाँ इन्ट्री–लेभल आईप्याड (जे५८१/जे५८२) पनि सार्वजनिक गरेको छ र डिभाइसले एप्पलको हालको इन्ट्री–लेभल ट्याब्लेटमा प्रयोग गरिएको ए१६ बाट ए१८ मा चिप अपग्रेड प्राप्त गर्ने बताइएको छ।
नयाँ एप्पल वाच सिरिज ११, अल्ट्रा ३ र वाच एसई ३ लीकमा समावेश रहेको र एप्पलले आफ्ना आगामी वाचहरूलाई पावर दिन एस११ सिस्टम इन प्याकेज (क्ष्ए) चिप प्रयोग गर्ने अपेक्षा गरिएको छ।
एप्पलले गल्तिले जारी गरेको अन्य डिभाइसहरूः
भिजन प्रो २ मा अब स्पेस कम्प्युटरको पहिलो संस्करणमा प्रयोग गरिएको एम२ लाई प्रतिस्थापन गर्दै एम५ चिप समावेश गरिने बताइएको छ। यो डिभाइस सन् २०२५ को अन्त्यमा लन्च हुने अपेक्षा गरिएको छ।
एप्पल स्टुडियो डिस्प्ले २ मा मिनी–एलईडी ब्याकलाइटिङ हुने सम्भावना रहेको बताइएको छ। यो अर्को वर्षको सुरुमा लन्च हुन सक्ने उल्लेख गरिएको छ।
प्रकाशित: ३ भाद्र २०८२, मंगलवार