टेलिकमको ल्यान्डलाइन र मोबाइल फोनमा ‘रिङ ब्याक टोन’ बजाउन बन्द गर्न माग गर्दै सर्वोच्चमा रिट

Technology Khabar २ भाद्र २०८२, सोमबार

टेलिकमको ल्यान्डलाइन र मोबाइल फोनमा ‘रिङ ब्याक टोन’ बजाउन बन्द गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं ।

नेपाल टेलिकमको ल्यान्डलाइन र मोबाइल फोनमा रिङ ब्याक टोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

अधिवक्ता विमल पोखरेलले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन्।

दायर रिटमा नेपाल टेलिकमले बारम्बार बजाइरहने अनावश्यक ‘रिङ ब्याक टोन’ का कारण नेपाल टेलिकमको सिम प्रयोग गर्ने उपभोक्ताहरू अन्य निजी दूरसञ्चारको सेवा लिन, ह्वाट्सएप, म्यासेन्जर, भाइबरजस्ता विदेशी कम्पनीको सेवा लिन बाध्य भएको जिकिर छ।

ती विदेशी सेवा प्रदायकहरू नेपालमा दर्ता नभएको हुनाले देशको राजस्वमा समेत धेरै ठुलो घाटा लागिरहेको, सस्तो र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा उपभोक्तालाई हैरानी दिने, इच्छाविपरीत ‘रिङ ब्याक टोन’ सुन्न बाध्य पार्ने, मानसिक रूपमा तनाव सिर्जना हुने काम गरिरहेको उल्लेख छ।

रिटमा, विभिन्न चाडपर्व, मेला, महोत्सव, दिवस आदि अवसरमा बजाइने ‘रिङ ब्याक टोन’ बजाउन तत्काल बन्द गर्न परमादेशलगायत जो चाहिने आदेश जारी गर्न माग गरिएको छ।

सो रिटमा नेपाल टेलिकमका ल्याण्डलाइन र मोबाइल फोनमा राष्ट्रिय विपद तथा महामारीको समयबाहेक अन्य कुनै प्रकारका रिङव्याक टोन बजाउने कार्य तत्काकल बन्द गर्ने अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

Sajilo Visa

प्रकाशित: २ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार