नाडा अटो शो २०२५ मंगलबारदेखि शुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

  • Technology Khabar | २ भाद्र २०८२, सोमबार
नाडा अटो शो २०२५ मंगलबारदेखि शुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं ।

१७औं संस्करणको नाडा अटो शो २०२५ भदौ ३ गते मंगलरबारदेखि ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना हुने भएको छ।

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री के पी शर्मा ओलीले गर्ने तालिका रहेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार अटो शो मा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, भिन्टेज मोटर शो लगायत समावेश हुनेछन्।

उनले पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका युनिट्री रोबोट्स् र दीपल ईभीटोल यूएभी जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने नाडाका अध्यक्ष करण चौधरीले जनाएका छन्।

गत शनिबार नै तातोपानी नाका हुँदै दीपल ईभीटोल यूएभी ल्याइसकिएको छ। उक्त एयर ट्याक्सी देखाउन मात्र मिल्ने तर उडाउने अनुमति नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्रकाशित: २ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार