Technology Khabar २ भाद्र २०८२, सोमबार
काठमाडौं ।
चीनको स्मार्ट ग्लासेस बजार द्रुत गतिमा बढिरहेको छ। कम मूल्य र एआई सुविधाहरूले माग बढाउने भएकोले सन् २०२५ मा ढुवानी २.९ मिलियन युनिट पुग्ने र वार्षिक रुपमा १२१ प्रतिशतले बढी हुने आईडीसीको नयाँ पूर्वानुमानले सुझाव दिएको छ।
पहिलो त्रैमासिकमा मात्र, ४९४,००० युनिट ढुवानी गरिएको बताइएको छ जुन गत वर्षको तुलनामा ११६ प्रतिशतले बढी भएको रिपोर्ट गरिएको छ। अडियो र अडियो–क्याप्चरिङ मोडेलहरूले ३५९,००० युनिटको साथ प्याकको नेतृत्व गरेको र यो संख्या अघिल्लो वर्षको भन्दा लगभग तीन गुणा बढी भएको बताइएको छ। त्यसैगरी यो वृद्धिको लागि आईडीसीले घट्दो मूल्य, बलियो आपूर्ति श्रृंखला र बढ्दो उपभोक्ता चासोलाई प्रमुख कारकहरूको रूपमा औंल्याएको छ। प्रायः हजार युआन भन्दा माथि रहेको डिभाइसको औसत मूल्यहरू लगभग एक हजार युआन (१४० अमेरिकी डलर) मा झरेको हुनाले यसले फराकिलो दर्शकहरूलाई तानेको रिपोर्ट गरिएको छ।
कसले नेतृत्व गरिरहेको छ?
शाओमी र ह्वावे अनलाइन बिक्रीमा बलियो खेलाडी बन्न सफल भएका छन्। साथै साना फर्महरूले रियल–टाइम ट्रान्सलेसन र हेल्थ ट्र्याकिङ जस्ता सुविधाहरूलाई जोड दिइरहेको उल्लेख गरिएको छ। ह्वावे, अलिबाबा र बाइटडान्सले पनि ठूलो लगानी गरिरहेको र बजारमा दबाब थपिरहेको बताइएको छ। एआई–संचालित ग्लासेस अहिलेसम्मको मुख्य वृद्धि कारक रहेको र पहिलो त्रैमासिकमा ७८ प्रतिशत ढुवानीको रिपोर्ट गरिएको छ। अफलाइन बिक्री पनि वर्षिक रुपमा ७५ प्रतिशतले बढिरहेको उल्लेख गरिएको छ।
आईडीसीले सिजनल सेल्स पिक (उच्च मौसमी बिक्रीहरू) को कारणले सन् २०२५ को दोस्रो भागमा अझ बलियो संख्याको अपेक्षा गरेको छ। विश्लेषक वाङ हाओयुले स्मार्ट ग्लासेस चाँडै नै फिटनेस, व्यवसाय र एक्सेसिबिलिटी बजारहरूका प्रारम्भिक एडप्टर्सहरू भन्दा पर जान सक्ने सम्भावनाको भविष्यवाणी गरेका छन्। मेटाको रे–ब्यान ग्लासेस जस्ता विश्वव्यापी प्रतिद्वन्द्वीहरूलाई पछाडि पार्दै, चीनले सन् २०२६ मा “हण्ड्रेड लेन्स वार” भनेर वर्णन गरिरहेको गति सेट गर्न सक्छ भनि गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २ भाद्र २०८२, सोमबार