Technology Khabar २ भाद्र २०८२, सोमबार
काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले साउन २९ गते आफ्नो २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ।
वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले संस्थाले बिगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरू बारे प्रस्ट पारे। विशेष गरि संस्थाले दिदैँ आएका कार्ड सेवा (SCT-UnionPay कार्ड, भिषा कार्ड, नेपालपे कार्ड, आदि), मोबाइल बैंकिङ्ग सेवा (Smart Banking) , अन्तर बैंक भुक्तानी सेवा (Smart Pay), क्युआर भुक्तानी सेवा (Smart QR) र मर्चेन्ट व्यवस्थापन सेवा (Smart MMS) मा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गरे।
वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नविनतम सेवाहरू स्मार्ट क्यूआर साउण्डबक्स र एससीटी हबका बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गरे। स्मार्ट क्यूआर साउण्डबक्स स्मार्ट च्वाइस टेक्नोलोजिजको नविन सेवा रहेको छ, जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू स्मार्ट क्यूआर साउण्डबक्स मार्फत सुन्न सक्नेछन्। स्मार्ट क्यूआर साउण्डबक्सलाई मर्चेन्टहरूले आफ्नो वाईफाईसंग लिङ्क गरेर वा स्मार्ट क्यूआर साउण्डबक्समै आफ्नो सिम कार्ड राखेर नेटवर्कसँग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी बिवरणहरू स्मार्ट क्यूआर साउण्डबक्समार्फत विभिन्न भाषामा सुन्न सक्नेछन्।
एससीटीले ल्याएको यस नविनतम सेवामा भुक्तानी हुने बित्तिकै आफ्नो खातामा ग्राहकबाट जम्मा भएको रकमबारे स्मार्ट क्यूआर साउण्डबक्समार्फत जानकारी हुन्छ।
साथै एससीटी हब स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नविनतम प्रबिधि हो, जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन (ATM Management), कार्ड व्यवस्थापन (Card Management), विवाद व्यवस्थापन (Dispute Management), सतर्कता व्यवस्थापन(Alert Management), प्रयोगकर्ता व्यवस्थापन (User Management), Report Generation लगायातका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्ने जनाएको छ।
प्रकाशित: २ भाद्र २०८२, सोमबार