ह्वावेले मेटप्याड एयर १२ र मेटप्याड ११.५ एस प्रस्तुत गर्यो

Technology Khabar २ भाद्र २०८२, सोमबार

काठमाडौं ।

ह्वावेले आफ्नो मेटप्याड सिरिजमा दुई नयाँ ट्याब्लेटहरू अनावरण गरेको छ। दुवै ट्याब्लेटहरूमा हाई–रिजोल्युसन १४४ हर्ज डिस्प्ले, स्लिम र लाइट डिजाइनहरूको साथ बुट हार्मोनीओएस ५ सँग आउने जीएसएमएरिनाले उल्लेख गरेको छ।

मेटप्याड एयर १२ः
मेटप्याड एयर १२ मा २८०० × १८४० पिक्सेल रिजोल्युसन र १४४ हर्ज रिफ्रेस रेट भएको १२ इन्चको आईपीएस एलसीडी समावेश गरिएको छ। प्यानलमा वैकल्पिक न्यानो–एच्ड पेपरम्याट प्रविधि रहेको छ जसले रिफ्लेक्सन कम गर्दछ र ९९ प्रतिशत लाइट इन्टरफेरेन्स हटाउने बताइएको छ। प्यानलमा १,००० निट्सको पिक ब्राइटनेस र डीसीआई–पी३ कलर स्पेसको १०० पत्रिशत कभरेज सुविधा रहेको छ।

ह्वावेले आफ्नो एम–पेन्सिल प्रो स्टाइलसको लागि समर्थनको साथ एयर १२ मा ६ ओटा स्पिकरहरू पनि थपेको छ। डिभाइस केवल ५.९ एमएम पातलो र ५५५ ग्राम तौल रहेको छ।

ह्वावे चिपसेटको बारेमा मौन रहेको उल्लेख गरिएको छ। मेटप्याड एयर १२ मा १२जीबी र्याम र २५६/५१२जीबी स्टोरेज रहेको बताइएको छ। ट्याब्लेटको पछाडि ५० मेगापिक्सेलको मुख्य क्यामरा र ८ मेगापिक्सेलको फ्रण्ट–फेसिङ शूटरले सुसज्जित गरिएको छ।

ह्वावेले एयर १२ मा ६६ वाट चार्जिङको साथ १०,१०० एमएएच ब्याट्री प्रस्तुत गरेको छ। ट्याब्लेटले वाई–फाई ७ लाई समर्थन गरे पनि सेलुलर कनेक्टिभिटी भने उपलब्ध नभएको गरिएको बताइएको छ।

मेटप्याड एयर १२ चेरी ब्लसम पिङ्क, ग्रास ग्रीन, फेदर स्याण्ड ह्वाइट, स्मोक ग्रे रङ्गहरूमा आउँछ। आधारभूत १२/२५६जीबी संस्करणको मूल्य २,९९९ चिनियाँ युआन (४१७ अमेरिकी डलर) कायम गरिएको छ भने १२/५१२जीबी मोडेलको मूल्य ३,३९९ चिनियाँ युआन (४७३ अमेरिकी डलर) रहेको छ। चीनमा ट्याब्लेटको खुला बिक्री अगस्ट २१ मा सुरु हुने तालिका रहेको छ।

मेटप्याड ११.५ एसः
मेटप्याड ११.५ एस किफायती ट्याब्लेट भएको बताइएको छ जसमा २,८०० × १,८४० पिक्सेल रिजोल्युसन र उही १४४ हर्ज रिफ्रेस रेटसहितको ११.५ इन्चको आईपीएस एलसीडी रहेको छ। प्यानलले एम–पेन्सिल प्रोलाई समर्थन गर्दछ र क्वाड स्पिकरहरू सहित सुसज्जित गरिएको छ।

मेटप्याड ११.५ एस रहेको चिपसेटको बारेमा कुनै जानकारी उपलब्ध नभएको बताइएको छ। ट्याब्लेट ८/१२ जीबी र्याम र २५६/५१२जीबी स्टोरेजको साथ उपलब्ध हुने बताइएको छ। ट्याब्लेटमा १३ मेगापिक्सेलको रियर–फेसिङ क्यामरा र ८ मेगापिक्सेलको फ्रन्ट–फेसिङ शूटर रहेको छ। साथै डिभाइसमा ४० वाट चार्जिङलाई समर्थन गर्ने ८,८०० एमएएच ब्याट्री समावेश गरिएको छ।

मेटप्याड ११.५ एस फिल्ड ग्रीन, फेदर स्याण्ड पर्पल, फ्रस्ट सिल्भर र डीप स्पेस ग्रे रङ्गहरूमा आउँछ। ट्याब्लेटको ८/१२८जीबी स्टोरेज ट्रिमको मूल्य २,४९९ चिनियाँ युआन (३४८ अमेरिकी डलर) छ भने १२/५१२जीबी संस्करणको मूल्य ३,१९९ चिनियाँ युआन (४४५ अमेरिकी डलर) रहेको छ। चीनमा ट्याब्लेटको खुला बिक्री अगस्ट २१ मा सुरु हुने तालिका रहेको छ।

प्रकाशित: २ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया