आईफोन १७ प्रो रियर क्यामरा मोड्युल डिजाइनको खुलासा

  • Technology Khabar | २ भाद्र २०८२, सोमबार
आईफोन १७ प्रो रियर क्यामरा मोड्युल डिजाइनको खुलासा

काठमाडौं ।

एप्पलको आईफोन १७ लाइनअप अर्को महिना लन्च हुने अपेक्षा गरिएको छ। यद्यपि एप्पलले सेप्टेम्बर ९ को घोषणाको बारेमा भने आधिकारिक रुपमा पुष्टि गरेको छैन। यसै क्रममा केस निर्माता डीब्राण्डले आफ्नो नयाँ केसको तस्बिरहरूमा आईफोन १७ प्रोको डिजाइनको खुलासा गरेको छ।

आईफोन १७ प्रो र १७ प्रो म्याक्सले नयाँ रियर क्यामरा मोड्युल डिजाइन प्राप्त गरेको उल्लेख गरिएको छ। यस अघिले नयाँ डिजाइनको धेरै लीक रेन्डरहरू देखा परेको अवस्थामा केस निर्माताहरूले सही आयामहरूको साथ विवरण प्रदान गर्नु राम्रो हुने उल्लेख गरिएको छ।

डीब्रान्डले आईफोन १७ प्रोको लागि यसको आगामी ट्याङ्क केसको तस्बिरहरू सूचीबद्ध गरेको छ उक्त तस्बिरहरूले नयाँ आईफोनको डिजाइन प्रदर्शन गरेको छ।

बल्की (भारी) केसले गर्दा डिभाइसको डिजाइन विवरणहरू राम्रोसँग देख्न नसकिने उल्लेख गरिएको छ। यद्यपि यसले क्यामरा वरिपरि माथि उठेको भाग देख्न सकिने बताइएको छ जसले स्पष्ट रूपमा नयाँ आइल्याण्डको पुष्टि गर्दछ। साथै तस्बिरहरूमा डिभाइसको क्यामरा कन्ट्रोल बटन, एक्सन बटन, पावर र भोल्युम बटनहरू पनि देख्न सकिने छ।

डीब्रान्डको ट्याङ्क केस सेप्टेम्बरमा आईफोन १७ सिरिजको लागि उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

एप्पलले सेप्टेम्बर ९ मा आईफोन १७, आईफोन १७ एयर, आईफोन १७ प्रो र १७ प्रो म्याक्स अनावरण गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...