१६ देशका रोबोटहरू फुटबल, किकबक्सिङ र नृत्यमा प्रतिस्पर्धा गर्दै

Technology Khabar १ भाद्र २०८२, आईतवार

काठमाडौं ।

द वर्ल्ड ह्युमनोइड रोबोट गेम्स बिहीबारदेखि बेइजिङमा सुरु भएको छ। उक्त प्रतिस्पर्धामा विश्वभरका टोलीहरूद्वारा निर्मित एआई–सञ्चालित रोबोटहरू किकबक्सिङ, एथलेटिक्स, फुटबल र नृत्य लगायतका खेलहरूमा प्रतिस्पर्धा गरिरहेका छन्।

बिहीबार आयोजना गरिएको कार्यक्रमको उद्घाटन समारोहमा खेलको मशाल बाल्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएको रोबोटको साथै खेलका केही पहिलो दुर्घटनाहरू समावेश रहेको भिडियो सार्वजनिक गरिएको छ।

खेलहरूमा जापान, अमेरिका र जर्मनी सहित १६ देशका ५०० भन्दा बढी रोबोटहरू समावेश रहेको छन् तिनीहरुले २६ कार्यक्रमहरूमा प्रतिस्पर्धा गरेको बताइएको छ।

त्यसैगरी खेलको बीचमा टाउको खसेपछि एउटा रोबोटलाई प्रतियोगिताबाट अयोग्य घोषित गरिएको प्रसङ्ग पनि रोचक रहेको उल्लेख गरिएको छ।

शुक्रबार भएको फुटबल खेलमा एउटा रोबोट लडेपछि अन्य धेरै रोबोटहरु पनि लडेर दुर्घटना भएको जनाइउको छ र त्यसमा थप जोखिम उत्पन्न नहोस् भनेर लडेको रोबोट हटाउनका मानव हस्तक्षेप आवश्यक गरेको उल्लेख गरिएको छ।

द वल्र्ड ह्युमनोइड रोबोट गेम आइतबारसम्म जारी रहने टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया