एन्ड्रोइडमा डाटा ब्याकअप थप सुधार गरिँदै

Technology Khabar १ भाद्र २०८२, आईतवार

काठमाडौं ।

गुगल प्ले सर्भिसेस एपको २६.३२.३१ बिटा संस्करणको एपीके टियरडाउनले फोन ब्याकअपको बारेमा केही रोचक विवरणहरूको खुलासा गरेको छ। यसले गुगलले निकट भविष्यमा लागू गर्ने नयाँ सुविधामा संकेत गरेको छ जसले ब्याकअप गर्न थप फोल्डरहरू छनौट गर्न दिनेछ।

सबै डाटा ब्याकअप गरिएको हुन्न भन्ने कुरा स्वचालित अनलाइन ब्याकअप प्रयोग गर्ने सबैलाई थाहा छ। प्रयोगकर्ताले सेटिङहरू र केही युजर डाटा सहित क्लाउडमा सबै प्रकारका कुरा नभएर आफ्ना फोटोहरू र भिडियोहरू प्राप्त गर्न सक्छन्। उदाहरणका लागि, केही एपहरूमा इन्क्रिप्टेड डाटा हुन्छन् र जुन ब्याकअप गर्न सकिँदैन।

हाल, प्रयोगकर्ताले आफ्नो “डाउनलोडहरू” फोल्डर जस्ता अन्य फोल्डरहरू ब्याकअप गर्न सक्दैनन्। तर गुगल प्ले सर्भिसेसको लागि बीटा संस्करण स्रोत कोडले भने गुगलले समाधानमा काम गरिरहेको सुझाव दिएको छ।

यसले अन्य फोल्डरहरूको साथ सम्भवतः प्रयोगकर्तालाई आफ्नो डाउनलोड फोल्डर ब्याकअप गर्ने विकल्प दिनेछ। त्यसैले अब, प्रयोगकर्ताको सबै डाटा तिनीहरुको गुगल ड्राइभमा अपलोड गरिनेछ।

त्यसका साथै त्यहाँ “डकुमेण्टस्” लाई जनाउने एउटा स्ट्रिङ पनि रहेको बताइएको छ जसले गुगलले सबै प्रकारका नभएर निश्चित प्रकारका फाइलहरूको मात्र ब्याकअपलाई अनुमति दिने सुझाव दिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

अहिलेको लागि अनुमान मात्र गर्न सकिने भए पनि गुगलले पहिले नै नयाँ ब्याकअप विकल्पहरूमा काम गरिरहेको जस्तो देखिएको र यस बारेमा चाँडै नै थप रूपमा थाहा पाइने अपेक्षा गरिएको छ।

प्रकाशित: १ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया