Technology Khabar १ भाद्र २०८२, आईतवार
काठमाडौं ।
एप्पलको आगामी आईफोनहरूको सबै मोडेलहरूले नयाँ रङ्गहरू प्राप्त गरिरहेका छन्। त्यसैले आगामी आईफोनहरूको कलरवे (रङ्ग) को बारेमा धेरै चर्चा भइरहेको छ। आईफोन १७ एयर आफैँमा पूर्ण रूपमा नयाँ मोडेल हुनेछ जसले आईफोन १६ प्लसलाई प्रतिस्थापन गर्नेछ।
आगामी आईफोन १७ एयरको सानो ब्याट्री र केवल एउटा रियर (पछाडिको) क्यामरा जस्ता ट्रेडअफको साथ एप्पलले मानिसहरू स्लिक लुकको लागि कति टाढा जान इच्छुक छन् र यसको लागि कति तिर्न इच्छुक छन् भनेर परीक्षण गर्ने बताइएको छ।
यसै क्रममा अब आगामी आईफोन १७ एयरको डमी युनिट स्काई ब्लू कलरवे (रङ्ग) मा देखाउने ह्यान्ड्स–अन भिडियोको सार्वजनिक भएको छ।
यो नयाँ कलरवे (रङ्ग) ‘बेबी ब्लू’ नभएको तर यो अन्य डिस्याचुरेटेड ब्लूहरू भन्दा बढी नीलो भएकोले यसले वास्तवमा आकाशको सम्झना दिलाउन सक्ने उल्लेख गरिएको छ। यो रङ्गमा डिभाइस हेर्दा रमाइलो देखिएको बताइएको छ। आईफोन १७ एयरको थिननेस (पातलोपन) को बारेमा पछिल्लो अफवाहले डिभाइस केवल ५.६५ एमएम देखि ५.७ एमएम मापन गर्ने दाबी गरेको छ।
आईफोन १७ परिवार सेप्टेम्बर ९ मा एक विशेष कार्यक्रममा अनावरण हुने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
IPhone 17 Air Sky Blue looks amazing pic.twitter.com/TVD3rnQDgN
— Majin Bu (@MajinBuOfficial) August 13, 2025
प्रकाशित: १ भाद्र २०८२, आईतवार