Technology Khabar ३१ श्रावण २०८२, शनिबार
काठमाडौं ।
नाडा अटो शो २०२५ मा प्रदर्शनीमा राख्नका लागि ईहाङ्गको विद्युतीय ठाडो उडान र अवतरण (इभीटीओएल) अर्थात फ्लाइङ ट्याक्सी (EHang EH216-S) र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षितरूपमा काठमाडौं आइपुगेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जानकारी दिएको छ।
तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै, काठमाडौं आइपुगेको र उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार भएको बताईएको छ।
यहि भदौ ३ गतेदेखि ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने नाडा अटो शो आयोजना हुँदैछ।
प्रकाशित: ३१ श्रावण २०८२, शनिबार