Technology Khabar ३१ श्रावण २०८२, शनिबार
काठमाडौं ।
सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमको खुद नाफा आ.व.२०८१/८२ को चौथो त्रैमासिकमा ५७ दशमलब २१ प्रतिशतले कमी भएको छ।
कम्पनीले आज सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार यस आ.व. को चौथो त्रैमासिकसम्म खुद मुनाफा २ अर्ब ६६ करोड ८१ लाख ९२ हजार रुपैयाँ रहेको छ।
उक्त रकम गत आ.व. को सोहि अवधिको खुद मुनाफा ६ अर्ब २३ करोड ५५ लाख २ हजारको तुलनामा ३ अर्ब ५६ करोड ७३ लाख ९ हजार (अर्थात् ५७.२१ प्रतिशत) रुपैयाँले कमी भएको देखिएको छ।
कम्पनीको आम्दानी घटेसँगै नाफामा समेत कमी देखिएको हो। नेपाल टेलिकमको यस आ.व.को चौथो त्रैमासिकसम्म कुल सञ्चालन आय रु. ३४ अर्ब ५३ करोड २४ लाख ४२ हजार रहेको देखिएको छ। उक्त रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय रु. ३४ अर्व ५६ करोड २ लाख ६५ हजारको तुलनामा रु. २ करोड ७८ लाख २३ हजार (अर्थात् ०.०८ प्रतिशत) ले कमी भएको हो।
यसैगरी यस आ.व. को चौथो त्रैमासिकसम्म कुल आय रु. ३८ अर्ब ७३ करोड ३३ लाख ४१ हजार रहेको छ। उक्त रकम गत आ.व. को सोहि अवधिको कुल आय रु. ४२ अर्ब ११ करोड ६९ लाख १० हजारको तुलनामा रु. ३ अर्ब ३८ करोड ३५ लाख ६९ हजार (अर्थात् ८.०३ प्रतिशत) ले कमी भएको छ।
सार्वजनिक भएको वित्तीय प्रतिवेदनअनुसार यस आ.व. को चौथो त्रैमासिकसम्म Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) रु. १९ अर्व २५ करोड ९१ हजार रहेको छ। उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा रु. १८ अर्व २ करोड ९ लाख ४४ हजारको तुलनामा रु. १ अर्ब २२ करोड ९१ लाख ४६ हजार (अर्थात् ६.८२ प्रतिशत) ले बढी भएको छ।
यस आ.व. को चौथो त्रैमासिकसम्म कर अघिको मुनाफा रु. ११ अर्व २१ करोड ६३ लाख ४८ हजार रहेको छ। उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा रु. ११ अर्व २५ करोड ६ लाख ५१ हजारको तुलनामा रु. ३ करोड ४३ लाख २ हजार (अर्थात् ०.३० प्रतिशत) ले कमी भएको छ।
यस आ.व. को चौथो त्रैमासिकसम्म खुद मुनाफा रु. २ अर्व ६६ करोड ८१ लाख ९२ हजार रहेको। उक्त रकम गत आ.व. को सोहि अवधिको खुद मुनाफा रु. ६ अर्व २३ करोड ५५ लाख २ हजारको तुलनामा रु. ३ अर्ब ५६ करोड ७३ लाख ९ हजार (अर्थात् ५७.२१ प्रतिशत) ले कमी भएको उल्लेख छ।
कम्पनीको प्रति शेयर आम्दानी (annualized) रु. १४.८२ रहेको जनाएको छ।
कम्पनीकाअनुसार राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणहरु निम्नानुसार रहेको छ:-
प्रकाशित: ३१ श्रावण २०८२, शनिबार