Technology Khabar ३१ श्रावण २०८२, शनिबार
काठमाडौं ।
गुगलको ‘मेड बाइ गुगल २०२५’ कार्यक्रम नजिकिँदै गर्दा पिक्सेल १० सिरिजबारे उत्सुकता बढेको छ, जुन आइफोन १७ भन्दा अघि आउने अपेक्षा गरिएको छ।
एप्पलको हार्डवेयर कार्यक्रम सेप्टेम्बरमा हुने अनुमान छ। पिक्सेल लाइन विस्तार गर्ने उद्देश्य स्पष्ट गर्दै गुगलले सम्भावित रूपमा जेमिनीमार्फत थप जेनेरेटिभ एआई क्षमता समावेश गर्नेछ। यो कार्यक्रम अगस्ट २० मा बिहान १० बजे (प्यासिफिक समय) हुनेछ।
गुगलले मे महिनामा भएको डेभलपर सम्मेलनमा एआई सम्बन्धी धेरै अपडेट सार्वजनिक गरिसकेको भए पनि, पिक्सेल १० कार्यक्रममा अझै नयाँ जेमिनी फिचर देखाउने सम्भावना छ। हालैको युट्युब भिडियोमा गुगलले आइफोनमा ‘एप्पल इन्टेलिजेन्स’को अपूर्ण वाचा मजाक गर्दै प्रमोशन गरेको देखिएको छ।
टेकक्रञ्चका अनुसार सम्भावित नयाँ फिचरमध्ये ‘क्यामेरा कोच’ चर्चामा छ, जसले फोटो खिच्दा एआईमार्फत वास्तविक समयमा कोण र प्रकाशबारे सुझाव दिने बताइएको छ। त्यस्तै, जेमिनीलाई फोटोमा चमक बढाउन, वस्तु हटाउन वा पृष्ठभूमि बदल्न निर्देश दिने ‘संवादात्मक फोटो सम्पादन’ सुविधा आउने अफवाह छ।
पिक्सेल १०, १० प्रो र १० प्रो एक्सएल
साधारण पिक्सेल १० मा यसपटक ठूलो परिवर्तन हुने अपेक्षा गरिएको छ, जसमा टेलिफोटो लेन्स समावेश हुनेछ। गुगलले तेस्रो पछिल्लो लेन्स देखाउने रेन्डर लीकपछि टिजर सार्वजनिक गर्दै क्यामरा अपग्रेड पुष्टि गरेको हो। यी सबै मोडेलमा नयाँ टेन्सर जी५ प्रोसेसर हुने बताइएको छ, जसले जेमिनी युगलाई अघि बढाउँदै प्रदर्शन र ऊर्जा दक्षता बढाउनेछ।
![]()
डिजाइन र डिस्प्ले आकार भने पिक्सेल ९ सिरिजसँग मिल्दोजुल्दो रहनेछ। पिक्सेल १० र १० प्रोमा ६.३ इन्च र १० प्रो एक्सएलमा ६.८ इन्चको डिस्प्ले हुनेछ। प्रो मोडेलमा क्यामेरा, भिडियो गुणस्तर र ब्याट्रीमा सुधार हुने अपेक्षा छ, जसले छिटो चार्जिङ र लामो ब्याट्री लाइफ दिनेछ।
पिक्सेल १० सिरिजमा क्यूआई२ वायरलेस चार्जिङ सपोर्ट हुने सम्भावना छ, जसले म्याग्नेटिक चार्जर, वालेट र माउन्टजस्ता एसेसरी प्रयोग गर्न दिनेछ। गुगलले ‘पिक्सलस्न्याप’ नामक म्याग्नेटिक रिङ भएको फोन केस पनि ल्याउने तयारी गरिरहेको छ।
पिक्सेल १० प्रो फोल्ड
गुगलको नयाँ फोल्डेबलमा करिब ६.४ इन्चको ठूलो कभर डिस्प्ले र ८ इन्चको मुख्य स्क्रिन हुने चर्चा छ। हिञ्ज बलियो बनाइने, बेजल पातलो हुने र पहिलो पटक आईपी६८ रेटिङ (धूलो र पानी प्रतिरोध) पाउने सम्भावना छ।
यसमा ४८ मेगापिक्सेल अल्ट्रा-वाइड र ५ गुणा अप्टिकल जुम हुने टेलिफोटो लेन्ससहितको क्यामरा सिस्टम र नयाँ जी५ चिप हुनेछ। ब्याट्री क्षमतामा पनि सुधार हुने अपेक्षा छ। पिक्सेल १० ‘मुनस्टोन’ र ‘जेड’ रंगमा आउने सम्भावना छ।
पिक्सेल वाच र पिक्सेल बड्स
पिक्सेल वाच ४ मा बाक्लो डिजाइन, लामो ब्याट्री लाइफ र पातलो बेजल हुने अनुमान छ। यसमा स्वास्थ्य र फिटनेस ट्र्याकिङ फिचरमा सुधार हुने, साथै ब्लड अक्सिजन (एसपीओ२) मापन प्रणाली उन्नत हुने सम्भावना छ।
![]()
पिक्सेल बड्स २ए मा नयाँ रंग (फग लाइट, हेजल, आइरिस र स्ट्रबेरी) र एक्टिभ न्वाइज क्यान्सलेसन फिचर आउने बताइएको छ। पिक्सेल बड्स प्रो २ ‘स्टर्लिङ’ रंगमा आउने टेकक्रञ्चले उल्लेख गरेको छ।
प्रकाशित: ३१ श्रावण २०८२, शनिबार