Technology Khabar ३० श्रावण २०८२, शुक्रबार
काठमाडौं ।
चीनमा आधारित ब्राण्डको पछिल्लो ट्याब्लेट लेनोभो ट्याब अब भारतमा खरिदको लागि उपलब्ध हुने भएको छ। यो बजेट एन्ड्रोइड ट्याब्लेटमा ठूलो १०.१ इन्च डिस्प्ले र मेटालिक डिजाइन समावेश गरिएको छ।
लेनोभो ट्याबमा डब्ल्यूयूएक्सजीए रिजोल्युसन र ६०हर्जको रिफ्रेस रेट भएको १०.१ इन्चको एलसीडी डिस्प्ले रहेको छ। यो प्यानललाई ४०० निट्स ब्राइटनेसको लागि मूल्याङ्कन गरिएको छ। ट्याब्लेटमा बाक्लो बेजेल र ल्यान्डस्केप आरियन्टेसनमा ५ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामरा रहेको छ।
लेनोभोको बजेट ट्याब्लेट अक्टा–कोर मिडियाटेक हेलियो जी८५ एसओसीद्वारा संचालित हुने बताइएको छ। यसमा ४ जीबी र्याम र १२८ जीबी सम्मको आन्तरिक स्टोरेज रहेको छ जुन माइक्रोएसडी कार्ड स्लट मार्फत विस्तार गर्न सकिने छ।
यस ट्याबमा भएको ५,१००एमएएच ब्याट्रीले १५ वाट चार्जिङ सपोर्ट गर्दछ। साथै लेनोभो ट्याबमा ३.५एमएम हेडफोन ज्याक, डल्बी एटमस सपोर्ट भएको डुअल स्पिकर र ८ मेगापिक्सेकोल रियर क्यामरा समावेश गरिएको छ। यो ट्याब्लेट लुना ग्रे र पोलार ब्लू रङ्गहरूमा उपलब्ध हुने बताइएको छ। यसको ट्याबको तौल ४२५ ग्राम रहेको रिपोर्ट गरिएको छ।
लेनोभो ट्याबले एन्ड्रोइड १४–आधारित जेडयूआई १६ चलाउनेछ र दुई वर्षको ओएस अपडेटहरू प्राप्त गर्ने योजना रहेको उल्लेख गरिएको छ।
यो ट्याब भारतमा वाई–फाई र वाई–फाई/एलटीई दुवै भेरियन्टहरूमा उपलब्ध हुनेछ। वाई–फाई मोडेल ४ जीबी/६४ जीबीमा उपलब्ध हुनेछ जसको मूल्य १०,९९९ भारतीय रुपैयाँ (१२५ अमेरिकी डलर) कायम गरिएको छ भने ४ जीबी/१२८ जीबीको मूल्य भारतीय रुपैयाँ ११,९९९ (१३५अमेरिकी डलर) पर्नेछ। त्यसैगरी, वाई–फाई/एलटीई भेरियन्टको मूल्य १२,९९९ भारतीय रुपैयाँ (१५०अमेरिकी डलर) कायम गरिएको छ। ट्याब्लेट अमेजन र लेनोभो इन्डियाको आधिकारिक वेबसाइट मार्फत खरिदको लागि उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरको छ।
प्रकाशित: ३० श्रावण २०८२, शुक्रबार