Technology Khabar ३० श्रावण २०८२, शुक्रबार
काठमाडौं ।
सन् २०२५ सम्ममा आइपुग्दा एआई र एलएलएमहरू लगभग हरेक प्राविधिक हार्डवेयरको अग्रपंक्तिमा रहेका छन्। प्रायः फोन र ल्यापटप जस्ता डिभाइसाहरू भित्र समावेश हुँदै आएका एआई र ल्याङ्गवेजले अब ह्युमनोइड रोबोटहरूमा साँच्चै आफ्नो मांसपेशीहरू फ्लेक्स (प्रदर्शन) गर्न मद्दत गर्ने भएको छ।
एआई र ल्याङ्गवेज (भाषा) मोडेलहरूले ह्युमनोइड रोबोटलाई मस्तिष्क र व्यक्तित्व प्रदान गर्ने कार्य गर्दछ। यस प्रविधिले अब विश्वव्यापी मञ्चमा प्रतिस्पर्धा गर्ने भएको छ।
चीनले बेइजिङमा अगस्ट १५ देखि विश्वको पहिलो विश्व ह्युमनोइड रोबोट खेलहरू आयोजना गर्दैछ। यस तीन दिने एथलेटिक र बौद्धिक प्रतियोगितामा १६ देशका २८० टोलीहरूले भाग लिँदैछन्।
“द आइस रिबन” भनेर चिनिने राष्ट्रिय स्पीड स्केटिङ ओभलमा प्रतियोगिता आयोजना गरिनेछ। यसै स्थानमा सन् २०२२ को शीतकालीन ओलम्पिकमा स्पीड स्केटिङ प्रतियोगिताहरू पनि आयोजना गरिएको थियो।
रंगशाला अब ड्रोइडहरूको मर्मतसम्भार र चार्जिङका लागि आवश्यक पर्ने सबै सुविधाहरूसहित उच्च–प्रविधियुक्त रोबोट एरेनामा परिणत गरिएको छ।
खेलहरू बेइजिङ म्युनिसिपल पिपुल्स गभर्नमेन्ट, चाइना मिडिया ग्रुप, वल्र्ड रोबोट कोअपरेसन अर्गनाइजेसन र एसिया–प्यासिफिक रोबोकप इन्टरनेशनल काउन्सिलद्वारा सह–आयोजन गरिएको बताइएको छ।
यस कार्यक्रममा २६ विधाहरूमा ४८७ प्रतियोगिताहरू समावेश हुनेछन्, जसमा ट्र्याक एण्ड फिल्ड जस्ता परम्परागत एथलेटिक कार्यक्रमहरूदेखि वास्तविक–विश्वका कामहरूको नक्कल गर्ने परिदृश्य–आधारित चुनौतीहरू सम्म समावेश रहने छन्।
विभिन्न विधाका खेलहरूः
आइस रिबन स्टेडियम भित्र, चार प्रमुख प्रतिस्पर्धा क्षेत्रहरू रहेका छन्। स्प्रिन्टिङ रोबोटहरूको लागि फराकिलो २.१–मिटर दौड ट्र्याक, ५ भर्सेज ५ रोबोट फुटबल मैदान, बक्सिङ रिङ र सिनारियो कम्पिटिसन (परिदृश्य प्रतियोगिताहरू) को लागि होटल– र अस्पताल–थीम सेटअपहरू पनि रहेका छन्। त्यसैगरी स्थलमा ट्र्याकको साथमा रिमोट कन्ट्रोल जोनले पनि सुसज्जित गरिएको छ, जसले मानव अपरेटरहरूलाई टक्करबाट बच्दै वास्तविक समयमा रोबोटहरूलाई मार्गदर्शन गर्न मद्दत गर्नेछ।
एरिना बाहिर, आयोजकहरूले दुई समर्पित समर्थन हबहरू निर्माण गरेका छन्। दुवै सुविधाहरू सिग्नल समर्थन, अनुकूलन चार्जिङ क्याबिनेटहरू र सटिक प्रतिस्पर्धा वातावरणको लागि “ल्याबोरेटरी–ग्रेड” एयर कन्ट्रोल (वायु नियन्त्रण) ले सुसज्जित गरिएका छन्।
खेलहरू वास्तविक जीवन परिदृश्यहरूमा ह्युमनोइड कति उपयोगी वा कुशल हुन सक्छ भनेर परीक्षण गर्न डिजाइन गरिएको बताइएको छ। अस्पताल चुनौतीमा जस्तै, रोबोटहरूले औषधिहरू क्रमबद्ध गर्नुपर्नेछ र प्रेस्क्रिप्शन अनुसार प्याकेज गर्नुपर्नेछ।
होटल सफाई कार्यक्रममा, रोबोटहरू कोठामा प्रवेश गर्नेछन्, फर्निचरमा छरिएका फोहोरहरू फेला पार्नेछन् र यसलाई राम्ररी व्यवस्थापन गर्नेछन्। अन्य कार्यहरूमा गोदाम क्रमबद्ध गर्ने र कारखाना सामग्री ह्यान्डलिङ समावेश रहेका छन्। यी सबै परिस्थितिहरू व्यावसायिक प्रयोगमा सिधै अनुवाद गर्न सकिने उल्लेख गरिएको छ।
टोलीहरूले पूर्ण रूपमा स्वायत्त सञ्चालन र टेलिअपरेसन (मानव–नियन्त्रित) बीच छनौट गर्न सक्नेछन्। स्वायत्त रोबोटहरू दृश्य पहिचान र निर्णय लिने एल्गोरिदमहरूमा धेरै निर्भर हुन्छन्। टेलिअपरेटेडहरू स्थिर, कम–विलम्बता नेटवर्क लिङ्कहरूमा निर्भर हने गर्दछन् र यसको लागि स्थलको फाइभजी–ए नेटवर्कलाई अनुकूलित गरिएको बताइएको छ।
खेलाडीहरूको विश्वव्यापी मिश्रणः
लाइनअपमा युशु टेक्नोलोजी, झिंगहाइटु, टियाङगोङ र फुरियर जस्ता अग्रणी चिनियाँ कम्पनीहरूका साथै सिंघुआ, पेकिङ र सांघाई जिओ टोङ जस्ता शीर्ष विश्वविद्यालयहरू समावेश रहको छन्।
यस कार्यक्रममा अमेरिका र जर्मनी लगायतका देशहरूका अन्तर्राष्ट्रिय टोलीहरूले पनि प्रतिस्पर्धा गरिरहेका छन्। मेइटुआन–समर्थित झिंगहाइटु जस्ता केही कम्पनीहरूले यसको विश्वव्यापी ह्युमनोइड मोडेलहरू आर१प्रो र आर१लाइट सहित धेरै टोलीहरूलाई रोबोटहरू पनि आपूर्ति गरिरहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ३० श्रावण २०८२, शुक्रबार