
काठमाडौं ।
सरकारले ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पेस गरेको उक्त निर्णयलाई साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत ‘एआई नीति, २०८२’ स्वीकृत गर्ने निर्णय सार्वजनिक गरेका हुन्। राष्ट्रिय समाचार समिति (रासस) को रिक्त महाप्रबन्धक पदमा पाँचथरका सन्दिप राईलाई नियुक्त गर्ने सरकारको निर्णय रहेको उनले जानकारी दिए।
सम्बन्धित समाचार
प्रवक्ता गुरुङका अनुसार नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने सरकारले निर्णय गरेको छ। “जसमा (कार/भ्यानको काठमाडौँ आउँदा रु ६५ र जाँदा रु ६०, मिनी बस/ट्रकको काठमाडौँ आउँदा रु ११५ र जाँदा रु ८०, बस/ट्रकको काठमाडौँ आउँदा रु २६० र जाँदा रु २००, भारी उपकरणको काठमाडौँ आउँदा रु ६०० र जाँदा रु २५०) शुल्क तोकिएको छ”, उनले भने।
सम्बन्धित समाचार
प्रकाशित: २९ श्रावण २०८२, बिहीबार