ओपनएआईलाई समर्थन गरेको इलन मस्कको दावी एप्पलद्वारा अस्वीकार

  • Technology Khabar | २९ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

एप्पलले ओपनएआईलाई समर्थन गरेको भन्ने इलन मस्कको दावीलाई अस्वीकार गरेको छ। इलन मस्कले यस हप्ताको सुरुमा ओपनएआई र एक्सएआई बीच पक्षपात गरेको र च्याटजीपीटीलाई एप स्टोर चार्टको शीर्षमा धकेलिएको आरोप लगाएर हेडलाइन बनेका थिए।

मस्कले एन्टिट्रस्ट उल्लङ्घनको रूपमा वर्णन गर्दै एक्सएआईले “तुरुन्तै कानुनी कारबाही गर्ने” बताएका थिए।

एक्सएआई र मस्कले आफ्नो दावीलाई पछ्याउनेछन् कि छैनन् भन्ने बारेमा भने कुनै आधिकारिक पुष्टि उपलब्ध नभएको बताइएको छ। एप्पलले ब्लूमबर्ग (पेवाल) मार्फत ओपनएआई वा अन्य कुनै एपको लागि कुनै पनि पक्षपात नगरेको भन्दै मस्कको दावीलाई अस्वीकार गरेको आधिकारिक प्रतिक्रिया जारी गरेको छ।

“हामी चार्टहरू, एल्गोरिदमिक सिफारिसहरू र वस्तुनिष्ठ मापदण्ड प्रयोग गरेर विशेषज्ञहरूद्वारा चयन गरिएका, क्युरेट गरिएका सूचीहरू मार्फत हजारौं एपहरू प्रस्तुत गर्दछौं”, एप्पलले आफ्नो आधिकारिक प्रतिक्रियामा उल्लेख गरेको छ।

“द्रुत रूपमा विकसित हुँदै गइरहेको क्याटेगरीहरूमा एप भिजिबिलिटी बढाउन धेरैसँग सहकार्य गर्दै हाम्रो लक्ष्य प्रयोगकर्ताहरूको लागि सुरक्षित खोज र विकासकर्ताहरूको लागि बहुमूल्य अवसरहरू प्रदान गर्नु हो”,  एप्पलको आफ्नो आधिकारिक प्रतिक्रिया जारी गरेको छ।

एप्पल र ओपनएआईले डब्ल्यूडब्ल्यूडीसी २४ मा आफ्नो रणनीतिक साझेदारीको घोषणा गर्दै च्याटजीपीटीलाई एप्पल इकोसिस्टममा एकीकृत गरिएको थियो। कुनै पनि कम्पनीको लागि सिधै कुनै मौद्रिक लाभ नभए पनि, ओपनएआईले बढी एक्सपोजर प्राप्त गरेको र च्याटजीपीटीलाई एप स्टोरमा प्रवर्द्धन गरिएको थप उल्लेख गरिएको छ।

एप्पलले गुगल र एन्थ्रोपिकबाट एआई मोडेलहरूलाई एप्पल इन्टेलिजेन्समा एकीकृत गर्ने योजना बनाएको पहिले नै पुष्टि गरिसकेको छ। मस्कको हालैका टिप्पणीहरूले यस वर्षको सुरुमा एप स्टोरको #१ समग्र सूचीमा शीर्ष स्थानमा रहेका डीपसीक र पर्प्लेक्सिटी जस्ता अन्य एआई एपहरूको बारेमा भने उल्लेख नगरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २९ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार