Technology Khabar २७ श्रावण २०८२, मंगलवार
काठमाडौं ।
भिभोले यस वर्षको बोआओ फोरम फर एशियामा आफ्नो भिभो भिजन एमआर हेडसेट प्रदर्शन गरेको छ। यो सँगै भिभो पनि चाँडै नै मिक्स्ड रियालिटी (एमआर) हेडसेट खेलमा प्रवेश गर्ने भएको छ। अहिले सम्मको लागि केही चुनिएका व्यक्तिहरूले मात्र यो डिभाइस लगाएको र उनीहरूले प्रारम्भिक प्रभावहरूको बारेमा केही अनुभवहरु साझा गरेका छन्।
भिभो उत्पादन प्रबन्धक हान बक्सियाओले हेडसेट कथित रूपमा धेरै हल्का र लगाउन सहज भएको भन्दै आराम स्तरहरूमा टिप्पणी गरेका छन्। अहिलेसम्म कुनै विशेष संख्या साझा नगरिएको यस भिभो भिजनलाई एप्पल एयरपड्स म्याक्ससँग तुलना गरिएको छ। ती ३८६ ग्राम तौल भएका ठ्याक्कै हल्का हेडफोनहरू भने होइनन् (सोनी डब्ल्यूएच–१०००एक्सएम६ को तौल २५४ ग्राम रहेको छ) भनि उल्लेख गरिएको छ। साथै एप्पल भिजन प्रोको तौल ६०० ग्राम–६५० ग्राम (लाइट सिल र हेडब्यान्ड कन्फिगरेसनमा निर्भर गर्दै) रहेको छ।
सीसीटिभी होस्ट झु गुआङक्वानले पनि भिभो भिजन प्रयोग गर्ने मौक प्राप्त गरेको बताइएको छ। उनले हेडसेटको बारेमा केहि विवरणहरू प्रदान गरेको र ट्राई–आउट सत्र तस्बिरमा राम्रोसँग खिचिएको हुनाले डिभाइसको राम्रो झलक प्रदान गरेको उल्लेख गरिएको छ। हेडसेटबाट केबल निस्किरहेको देख्न सकिने छ जुन बाह्य ब्याट्रीमा जडान हुनेछ र प्रयोगकर्ताको टाउकोमा भार कम राख्न मद्दत गर्ने उल्लेख गरिएको छ।
झूले भिजन प्रयोग गरेको केही छोटो क्लिपहरूले ह्याण्ड ट्र्याकिङ कन्ट्रोल (नियन्त्रण) हरू देखाएको छ। यी कन्ट्रोल (नियन्त्रण) हरू मल्टिपल फ्रण्ट–फेसिङ क्यामराहरूमा आधारित रहने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
भिभोले भिजनको लागि आधिकारिक लन्च मिति तय गरेको नगरे पनि यो वर्षको उत्तरार्धसम्ममा डिभाइस अनावरण गरिने अपेक्षा गरिएको छ। झुले यो डिभायस “चाँडै” आउने र भिभो कर्मचारीहरूद्वारा हेडसेट आन्तरिक रूपमा परीक्षण भइरहेको कुरा साझा गरेका छन्।
प्रकाशित: २७ श्रावण २०८२, मंगलवार