गुगल पिक्सेल १० ट्रियो नयाँ आधिकारिक देखिने तस्बिरहरूमा देखा परे

Technology Khabar २७ श्रावण २०८२, मंगलवार

काठमाडौं ।

गुगल पिक्सेल १० सिरिज यस महिनाको अन्त्यतिर लन्च हुने अपेक्षा गरिएको छ। इभान ब्लासले पिक्सेल १०, पिक्सेल १० प्रो र पिक्सेल १० प्रो एक्सएलको केही आधिकारिक देखिने तस्बिरहरू साझा गरेका छन्।

नयाँ तस्बिरहरूले ट्रियो (तीनओटै डिभाइस) को लागि आधिकारिक रङ्गहरू देखाएको र अहिलेसम्मको उत्कृष्ट लुक (रूप) प्रदान गरेको छ।

पिक्सेल १० लाइट ब्लू (फ्रोस्ट), ब्लू (इन्डिगो), यल्लो (लिमोन्सेलो) र ब्ल्याक (ओब्सिडियन) रङ्गहरूमा उपलब्ध हुनेछ। साथै डिभाइसमा आफ्नो पूर्ववर्तीको जस्तै म्याट फिनिश्ड एल्युमिनियम फ्रेम रहनेछ।

डिभाइसको पछाडि रहेको फराकिलो क्यामरा भाइजरमा अब पहिलो पटक टेलिफोटो मोड्युल सहित तीन क्यामरा मोड्युलहरू उपलब्ध हुनेछन्।अघिल्ला अफवाहहरूको आधारमा, गुगलले पिक्सेल १० को मुख्य र अल्ट्रावाइड शूटरहरूलाई डाउनग्रेड गर्ने भएको छ। कम्पनीले अब पुरानो ४८ मेगापिक्सेलको मुख्य र १२ मेगापिक्सेलको अल्ट्रावाइड समावेश गर्ने उल्लेख गरिएको छ।

नयाँ १० मेगापिक्सेलको टेलिफोटो (५x) मोड्युल थपिएको कारणले लागत कम राख्नको लागि यो कदम आवश्यक हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।पिक्सेल १० प्रो ग्रे (मूनस्टोन), ब्ल्याक (ओब्सिडियन) र ह्वाइट (पोर्सिलेन) गरी तीन रङ्ग विकल्पहरूमा आउनेछ। यो डिभाइस ६.३ इन्चको स्क्रिन र पछाडि तीनओटा क्यामराको साथ आफ्नो पूर्ववर्ती जस्तै समान देखिएको उल्लेख गरिएको छ।
पिक्सेल १० प्रो एक्सएल पनि यसको आफ्नो पूर्ववर्ती जस्तै देखिने बताइएको छ। यो डिभाइस ग्रिन (जेड), ग्रे (मूनस्टोन), ब्ल्याक (ओब्सिडियन) र हवाइट (पोर्सिलेन) रङ्गहरूमा उपलब्ध हुनेछ। पिक्सेल १० प्रो एक्सएलले आफ्नो पूर्ववर्तीको जस्तै ६.८ इन्चको स्क्रिन ल्याउने अपेक्षा गरिएको छ।

यस बाहेक, पिक्सेल १०, १० प्रो र १० प्रो एक्सएल विशेष रूपमा ईसिम–वन्लि (मात्र) कन्फिगरेसनहरूमा आउने अफवाह रहेको छ भने भौतिक सिम स्लटसहितको पिक्सेल १० प्रो फोल्ड अन्य तीन फोनहरू भन्दा ढिलो आउने अफवाह रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २७ श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया