Technology Khabar २७ श्रावण २०८२, मंगलवार
काठमाडौं ।
गेमिङ स्मार्टफोनहरू प्रत्येक वर्ष शक्तिशाली र किफायती हुँदै गइरहेका छन्। चिनियाँ ब्राण्डहरू यस श्रेणीमा अग्रपंक्तिमा रहेका छन् भने ओप्पोले नयाँ के१३ टर्बो र के१३ टर्बो प्रो यस खण्डमा प्रस्तुत गरेको छ।
ओप्पोले नयाँ डिभाइसमा शक्तिशाली प्रोसेसरहरू, उच्च रिफ्रेस रेट, विशाल ब्याट्रीहरू, र नयाँ सक्रिय कूलिङ प्रणाली समावेश गरिएको छ। गत महिना यी मोडेलहरू पहिलो पटक चीनमा डेब्यू गरेका थिए भने अब भारतीय बजारमा रिलीज गरिएका छन्।
ओप्पो के१३ टर्बो प्रोः
चिनियाँ टेक जायन्टले ओप्पो के१३ टर्बो प्रो मा १.५के रिजोल्युसन, १२०हर्ज रिफ्रेस रेट, २४०हर्ज टच स्याम्पलिङ रेट, र १६०० निट्स सम्मको पीक ब्राइटनेस भएको अग्लो ६.८ इन्चको फ्ल्याट एएमओएलईडी डिस्प्ले समावेश गरेको छ।
ओप्पोले यो मोडेललाई क्वालकमको नवीनतम स्न्यापद्रगन ८एस जेन ४ एसोसीले सुसज्जित गरेको छ जुन १२जीबी सम्म एलपीडीडीआर५एक्स र्याम र २५६जीबी यूएफएस ४.० स्टोरेज (१२८जीबी भेरियन्टमा यूएफएस ३.१) सँग जोडिएको छ।
ओप्पो के१३ टर्बो प्रोमा रहेको विशाल ७,०००एमएएच ब्याट्री प्याकले ८० वाट वायर्ड फास्ट चार्जिङलाई समर्थन गर्दछ। साथै नयाँ फोनहरूमा कूलिङ टेक सबैभन्दा प्रभावशाली सुविधाहरू मध्ये एक भएको बताइएको छ।
हाई–इण्ड चिप्स भएका स्मार्टफोनहरू सामान्यतया प्यासिभ थर्मल डिसिपेशनको लागि भेपर च्याम्बर-ठूलो कूलिङ सर्फेस म्याटेरियल्स प्रयोग गर्दछन् भने के१३ टर्बो लाइनअपले ठूलो भीसी कूलिङ सेटअपको साथ कूलिङ फ्यानहरू ल्याएको उल्लेख गरिएको छ।
यसले तापक्रम नियन्त्रणमा राख्न मद्दत गर्दछ र पर्फमेन्स थ्रोटलिङलाई रोक्ने बताइएको छ जुन लामो अवधिको गेमिङको लागि धेरै उपयोगी हुनेछ।
अप्टिक्सको सन्दर्भमा डिभाइसको पछाडिको भागमा २ मेगापिक्सेलको डेप्थ सेन्सरको साथ ५० मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ भने अगाडिको भागमा १६ मेगापिक्सेलको सेल्फी शूटर उपलब्ध गराइएको छ।
अन्य उल्लेखनीय सुविधाहरूमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, इन्फ्रारेड सेन्सर र आईपीएक्स६ + आईपीएक्स८ + आईपीएक्स९ वाटर रेसिस्टेन्ट, एन्ड्रोइड १५ ओएस आधारित कलरओएस १५ कस्टम स्किन, स्टेरियो स्पिकरहरू, एनएफसी, ब्लुटुथ ५.४ र वाइफाइ ६ समावेश छन्।
ओप्पो के१३ टर्बोः
आधार भेरियन्ट र अधिक किफायती मोडेल के१३ टर्बोको स्पेसिफिकेशन र सुविधाहरू पनि लगभग के१३ टर्बो प्रोसँग समान छन्। डिभाइसमा समान डिस्प्ले स्पेसिफिकेशन, ब्याट्री क्षमता र द्रुत चार्जिङ स्पेसिफिकेशन, एक सक्रिय कूलिङ फ्यान, वाटर रेसिस्टेन्ट, क्यामरा र थप कुराहरू उपलब्ध हुनेछन्।
यद्यपि, दुई मोडेलहरू बीचको सबैभन्दा ठूलो भिन्नता भनेको प्रोसेसर रहेको हो। ओप्पो के१३ टर्बो प्रो भन्दा फरक, आधार भेरियन्ट के१३ टर्बोले मिडियाटेक डाइमेन्सिटी ८४५० एसोसी समावेश गरेको छ। साथै यो शक्तिशाली चिपसेट गेमिङ उत्साहीहरूका लागि उत्कृष्ट हुने उल्लेख गरिएको छ।
मूल्य निर्धारण र उपलब्धताः
ओप्पोले के१३ टर्बोलाई पर्पल फ्यान्टम, ह्वाइट नाइट र मिडनाइट म्याभरिकगरी तीनओटा रङ विकल्पहरूमा घोषणा गरेको छ भने के१३ टर्बो प्रोमा उही रङहरूको साथ ह्वाइट नाइट संस्करणलाई सिल्भर नाइट विकल्पले प्रतिस्थापन गरिएको छ। यी डिभाइसहरु धेरै स्टोरेज कन्फिगरेसनहरूमा उपलब्ध हुनेछन् र मूल्य निर्धारण विवरणहरू यहाँ छन्ः
ओप्पो के१३ टर्बोः
ओप्पो के१३ टर्बो प्रोः
यी डिभाइसहरूसँग ओप्पो टर्बो ब्याक क्लिप नामक एउटा समर्पित एक्सेसरी उपलब्ध हुनेछ जुन ३,९९९ भारतीय रुपैयाँमा छुट्टै बिक्री गरिने छ। दुवै मोडेलहरू ओप्पोको आधिकारिक अनलाइन स्टोर, फ्लिपकार्ट र अफलाइन खुद्रा बिक्रेताहरू मार्फत बिक्रीको लागि उपलब्ध हुनेछन्।
के१३ टर्बो प्रोको पहिलो बिक्री अगस्ट १५ देखि सुरु हुँदैछ भने के१३ टर्बो अगस्ट १८ देखि सुरु हुने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २७ श्रावण २०८२, मंगलवार