लाभाको ब्लेज एएमओएलईडी २ सार्वजनिकः ५० मेगापिक्सेल सोनी क्यामरा भएको नयाँ स्लिम र किफायती फोन

Technology Khabar २७ श्रावण २०८२, मंगलवार

काठमाडौं ।

लाभाले ५० मेगापिक्सेल सोनी क्यामरासहितको नयाँ स्लिम र किफायती फोन ब्लेज एएमओएलईडी २ लन्च गरेको छ। ब्लेज एएमओएलईडी २ को सुरुवातसँगै लाभाले भारतमा बजेट स्मार्टफोनको मैदानमा आफूलाईअगाडि बढाइरहेको छ।

यो किफायती सुविधायुक्त स्मार्टफोनले स्लिम फर्म फ्याक्टरमा उल्लेखनीय स्पेसिफिकेशनहरू ल्याएको उल्लेख गरिएको छ। यो आकर्षक बजेट फोनको स्पेसिफिकेशन, सुविधाहरू र मूल्य निर्धारणको विवरणहरु यहाँ उल्लेख गरिएका छन्।

लाभा ब्लेज एएमओएलईडी २ः स्लिक बडिमा ठूलो ब्याट्री र थप कुराहरूः

भारतीय ब्राण्डले भर्खरै लाभा ब्लेज एएमओएलईडी २ को घोषणा गरेको छ। यो डिभाइस केवल ७.५५ एमएम मोटाईको साथ यस खण्डमा सबैभन्दा सानो (१५,००० रुपैयाँ भन्दा कम मूल्यका स्मार्टफोनहरू) भएको ब्राण्डले दावी गरेको छ।

यो डिभाइस ६ एमएम मोटाई भएको ग्यालेक्सी एस२५ एज वा इन्फिनिक्स हट ६० प्रो+ जस्तो उल्लेखनीय नभएपनि यो एक बजेट फोनको मूल्य लगभग १५० अमेरिकी डलर मात्र रहेको छ। यसमा एफएचडी+ रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट भएको ६.६७ इन्चको एएमओएलईडी डिस्प्ले समावेश गरिएको छ।

लाभा ब्लेज एएमओएलईडी २ मा मिडियाटेक डाइमेन्सिटी ७०६० एसओसीको साथ ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज समावेश गरिएको छ।

यस मोडेलमा रहेको ५,००० एमएएच ब्याट्री प्याकले ३३ वाट वायर्ड फास्ट चार्जिङलाई समर्थन गर्दछ। साथै यो बजेट फोन एन्ड्रोइड १५ ओएसमा चल्ने जनाइएको छ। फोटोग्राफीको लागि, कम्पनीले ५० मेगापिक्सेलको सोनीको मुख्य क्यामराको साथ ब्लेज एएमओएलईडी २ प्याक गरेको छ।

अन्य उल्लेखनीय सुविधाहरूमा भर्चुअल र्याम विस्तार, पानी र धुलो प्रतिरोधको लागि आईपी६४ रेटिङ्ग र इन–डिस्प्ले फिङ्गरप्रिण्ट स्क्यानर समावेश छन्।

लाभाले यो बजेट स्लिम फोनलाई मिडनाइट ब्ल्याक र फेदर ह्वाइटङ्गगरी दुई रङ्ग विकल्पहरूमा घोषणा गरेको छ। ब्लेज एएमओएलईडी २ भारतमा अफलाइन स्मार्टफोन खुद्रा बिक्रेताहरू मार्फत १३,४९९ भारतीय रुपैयाँमा खरिद गर्न सकिने छ भने अमेजनमा यस मोडेलको पहिलो बिक्री १६ अगस्ट २०२५ मा सुरु हुने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २७ श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया