गुगल पिक्सेल १० प्रो एक्सएल लन्च हुनुअघि पूर्ण डिजाइनको खुलासा

Technology Khabar २७ श्रावण २०८२, मंगलवार

काठमाडौं ।

गुगलको अर्को ठूलो हार्डवेयर शोकेस हुनका लागि केही हप्ता मात्र बाँकी रहेको छ। यसै क्रममा पिक्सेल १० प्रो एक्सएल लन्च हुनुअघि डिभाइसको पूर्ण डिजाइनको बारेमा खुलासा भएको छ। नयाँ लीकले कम्पनीको आगामी फ्ल्यागशिपको डिजाइन पूर्ण रूपमा देखाउँदै अहिलेसम्मकै स्पष्ट रूप प्रदान गरेको छ।

विनफ्यूचरद्वारा साझा गरिएका तस्बिरहरूले पिक्सेल १० प्रो एक्सएललाई मुनस्टोन र ओब्सिडियन गरी दुई फिनिशहरूमा प्रस्तुत गरेको छ। यस डिभाइसमा फ्ल्यास र टेम्प्रेचर सेन्सरको साथ पिल–सेप्ड ट्रिपल क्यामरा बार राखिएको छ भने झलक्क हेर्दा गत वर्षको पिक्सेल ९ प्रो एक्सएल वा सानो पिक्सेल १० प्रो जस्तै देखिने बताइएको छ।

डिभाइसको फ्रेम पोलिस्ड एल्युमिनियम रहेको र पछाडि र अगाडि गोरिल्ला ग्लास भिक्टस २ द्वारा सुरक्षित गरिएको उल्लेख छ। डिभाइसको दायाँ तर्फ यस पटक प्रिमियम देखिने पावर र भोल्युम बटनहरू रहेका छन्।

डिभाइसको अगाडिको भागमा १२० हर्ज रिफ्रेस रेटलाई समर्थन गर्ने र ३,००० निट्ससम्म पुग्ने पिक ब्राइटनेससहितको ठूलो ६.८ इन्चको ओएलईडी डिस्प्ले रहेको छ। यी तस्बिरहरूले आन्तरिक परिवर्तनहरूको बारेमा पुष्टि नगरे पनि तस्बिरहरूमा गुगलले स्लिक, पोलिस गरिएको डिजाइन चयन गरेको देख्न सकिनेछ।

पिक्सेल १० प्रो एक्सएल गुगलको नयाँ टेन्सर जी५ प्रोसेसरमा चल्ने छ जुन जेमिनी क्षमताहरू बढाउँदै राम्रो प्रदर्शन र दक्षता प्रदान गर्न डिजाइन गरिएको छ। डिभाइसको क्यामरा हार्डवेयर यसको पूर्ववर्तीको जस्तै लगभग उस्तै रहने अपेक्षा गरिएको छ।

डिभाइसमा राम्रो लो–लाइट शटहरूको लागि सफ्टवेयर ट्वीक्सको साथ ५० मेगापिक्सेलको (१/१.३१″) मुख्य सेन्सर, ४८ मेगापिक्सेलको अल्ट्रावाइड र ४८ मेगापिक्सेलको टेलिफोटो (१/२.५५″) क्यामरा सेटअप रहने छ।

ब्याट्री क्षमतालाई ५०६०एमएएच बाट थोरै माथि ५,२००एमएएचमा बढाइएको र ३० वाट वायर्ड चार्जिङसँग जोडिएको छ। लीकहरुमार्फत डिभाइसको बारेमा सबै जानकारी बाहिरिएको अवस्थामा गुगलले सफ्टवेयर र एआई सुविधाहरूको बारेमा भने अझै पनि गोप्य नै राखेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २७ श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया