एप्पलको आईओएस२६ बीटा अपडेट यी मोडलहरुमा उपलब्ध हुने, कतै तपाईँको फोन त छुटेन?

Technology Khabar २७ श्रावण २०८२, मंगलवार

काठमाडौं ।

एप्पलको आईओएस२६ यस वर्षको  शरद ऋतुमा आउनेछ जसले आइफोनको अपरेटिङ प्रणालीमा ठूलो सुधार ल्याउनेछ। यसमा ‘लिक्विड ग्लास’ फिचर नयाँ र आकर्षक छ जुन विण्डोज भिस्टाको सुधारिएको संस्करणझैँ देखिन्छ।

इन्ग्याजेटका अनुसार आईओएस२६  सार्वजनिक बीटा आइतबारदेखि डाउनलोडका लागि उपलब्ध भइसकेको छ। यो सार्वजनिक बीटा, हालै बीटा ५ चरणमा पुगेको डेभलपर संस्करणको स्थिर रूप हो र यसमा सार्वजनिक संस्करणमा अहिलेसम्म नआएका केही आकर्षक फिचरहरू पनि छन्। सार्वजनिक बीटा सबैका लागि खुला र स्थिर भए पनि बीटा सफ्टवेयरमा केही जोखिम रहन्छ।

यदि तपाईं यो वर्ष आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनुहुन्न भने पनि तपाईंको फोन आईओएस२६ चलाउन सक्षम छ कि छैन भनेर थाहा पाउन सक्नुहुन्छ।

नयाँ अपडेट आउँदा प्राय केही मोडलहरु उक्त अपडेटको सूचीबाट हट्ने गर्छन्। तर एप्पलले गत वर्ष कुनै पनि आइफोनलाई सूचीबाट हटाएको थिएन। यो वर्ष भने भने केही मोडेलहरू काटिएका छन्।

२०२३ मा सबै आइफोन ८ मोडेल र आइफोन एक्स अन्तिमपटक सूचीबाट हटाइएका थिए, र यस वर्ष २०१८ मा आएका मोडेलहरू समर्थन सूचीबाट बाहिर भएका छन्। यदि तपाईंको उपकरण अयोग्य छ भने यो शरद ऋतुमा आईओएस२६ डाउनलोड गर्न सकिने छैन।

यो वर्ष कुन आइफोनहरूले आईओएस२६ समर्थन गर्नेछन् भन्ने सूची एप्पलको वेबसाइटमा उपलब्ध भइसकेको छ। साधारण हिसबाले भन्दा यदि तपाईंको आइफोन २०१९ वा त्यसपछि घोषणा भएको हो भने तपाईंको फोन यो अपडेटका लागि योग्य छ।

अपडेट पाउन योग्य मोडलहरुको सूची:

आईफोन एसईआईफोन १६ ईआईफोन १६आईफोन प्लसआईफोन १५ प्लस
आईफोन ११आईफोन १२ मिनीआईफोन १३ मिनीआईफोन १४ प्लसआईफोन १५ प्रो
आईफोन ११ प्रोआईफोन १२ प्रोआईफोन १३ प्रोआईफोन १४ प्रोआईफोन १५ प्रो म्याक्स
आईफोन ११ प्रो म्याक्सआईफोन १२ प्रो म्याक्सआईफोन १३ प्रो म्याक्सआईफोन १४ प्रो म्याक्सआईफोन १६ प्रो

 

आईफोन १२आईफोन १३आईफोन १४आईफोन १५आईफोन १६ प्रो म्याक्स

आईफोन एक्सआर, एक्सएस र एक्सएस म्याक्स भने सूचीबाट हटेका छन्।

प्रकाशित: २७ श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया