Technology Khabar २६ श्रावण २०८२, सोमबार
काठमाडौं ।
१७औं संस्करणको नाडा अटो शो २०२५ आगामी भदौ ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना हुने भएको छ। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री के पी शर्मा ओलीले गर्ने तालिका रहेको आयोजकले जनाएको छ। यसै क्रममा आइतबार नाडाका अध्यक्ष करण चौधरीज्यूको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग भेट गरेको छ।
आयोजकका अनुसार अटो शो मा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, भिन्टेज मोटर शो लगायत समावेश हुनेछन्।
उनले पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका युनिट्री रोबोट्स् र दीपल ईभीटोल यूएभी जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने जानकारी दिए।
उक्त भेटभाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो।
प्रकाशित: २६ श्रावण २०८२, सोमबार