Technology Khabar २६ श्रावण २०८२, सोमबार
काठमाडौं ।
सामसङले निकट भविष्यमा लन्च हुने ट्याब्लेटहरूमा काम गरिरहेको छ। उक्त ट्याब्लेटहरूमा ग्यालेक्सी ट्याब एस११, एस११ अल्ट्रा, र एस१० लाइट रहेका छन्।
कोरियाली कम्पनीको विकास पाइपलाइनमा ग्यालेक्सी ट्याब ए११ र ए११+ गरी थप दुई ट्याब्लेटहरू पनि रहेको खुलासा भएको छ। यी दुई ट्याब्लेटहरू अर्को महिना भारतमा लन्च हुने हल्ला गरिएको छ। भर्खरै सेफ्टी कोरियाबाट प्रमाणीकरण प्राप्त गरेको ग्यालेक्सी ट्याब ए११ को लाइभ ईमेज पनि देखा परेको छ।
यस ट्याब्लेटको मोडेल नम्बर एसएम–एक्स१३५एन रहेको छ। ट्याब्लेटको स्पेसिफिकेशनहरूको बारेमा भने केही पनि खुलासा गरिएको छैन। विगतको अफवाह अनुासार ट्याब्लेटमा ५,००० एमएएच ब्याट्री समावेश गरिने रिपोर्ट गरिएको छ। ट्याब्लेटको लागि यो ब्याट्री क्षमता निकै कम हुने बताइएको छ। सन् २०२३ को ए९ मा ५,१०० एमएएच सेल रहेको छ र ए११ त्यही ए९को उत्तराधिकारी हुने उल्लेख गरिएको छ। त्यसैगरी ग्यालेक्सी ट्याब ए११+ ट्याब पनि ए९+ को उत्तराधिकारी हुनुपर्ने थप उल्लेख गरिएको छ। यी दुवै आफ्ना पूर्ववर्तीहरूमा आधारित, लो–इण्ड डिभाइस हुने र मूल्य पनि सस्तो हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २६ श्रावण २०८२, सोमबार