Technology Khabar २६ श्रावण २०८२, सोमबार
काठमाडौं ।
सानडिस्कले एआई र क्लाउड–आधारित पूर्वाधारको लागि स्टोरेज स्केलेबिलिटीलाई पुनः परिभाषित गर्न सक्ने नयाँ उच्च–क्षमता भएको हाई–क्यापासिटी एसएसडी प्रदर्शन गरेको छ। यो एसएसडी हाइपरस्केल वातावरणको बढ्दो प्रदर्शन र दक्षता आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको नयाँ प्लेटफर्म आर्किटेक्चरमा निर्मित रहेको ब्राण्डले खुलासा गरेको छ।
सानडिस्कको २५६टीबी एनभीएमई एसएसडीले नयाँ क्षमता बेन्चमार्क सेट गर्दछः
सानडिस्कले कम्पनीको नयाँ अल्ट्राक्यूएलसी प्लेटफर्ममा निर्मित २५६टीबी एनभीएमई एसएसडीको डेमो प्रदर्शन गरेको छ। यो स्टोरेज सलुसनले डेनसिटी र इफिसियन्सीको नयाँ स्तर प्रदान गर्नको लागि बीआईसीएस८ क्यूएलसी एनएएनडी, कस्टम मल्टि–कोर कन्ट्रोलर्स र उन्नत सिस्टम–लेभल ट्युनिङलाई संयोजन गरेको छ। प्लेटफर्म डाटा इन्जेसन, प्रोसेसिङ, र लार्ज–स्केल डाटा लेक इन्भायोरमेन्ट (वातावरण) मा इनसाइटको द्रुत डेलिभरी जस्ता एआई–केन्द्रित कार्यहरूको विकसित मागहरू पूरा गर्न विकसित गरिएको बताइएको छ।
एसएसडीले डायरेक्ट राइट क्यूएलसीलाई समर्थन गर्दछ, जसले एसएलसी क्यासिङमा भर नपरीकन क्यूएलसी एनएएनडीमा सिधै लेख्नुका साथै पर्फमेन्स र पावर लस सेफ्टि सुधार गर्दछ। यस एसएसडी मा प्रयोग गरिएको बीआईसीएस८ क्यूएलसी डाइले डाइ साइज कम्प्याक्ट कायम राख्दै प्रति चिप घनत्व दोब्बर बनाउने उल्लेख गरिएको छ। सानडिस्कले गतिशील फ्रिक्वेन्सी स्केलिङ मार्फत अल्ट्राक्यूएलसी पावर अप्टिमाइजेसन पनि प्रस्तुत गरेको छ जुन प्रति वाट प्रदर्शन १० प्रतिशतसम्म सुधार गर्ने अनुमान गरिएको छ।
विश्वसनीयता वृद्धिमा डाटा रिटेन्सन प्रोफाइल समावेश रहेको छ जसले रिसाइकल दरहरूलाई ३३ प्रतिशतसम्म घटाउने अपेक्षा गरिएको छ भने यसले राम्रो ड्राइभ लाइफस्पान र एक्सेस स्टेबिलिटी (स्थिरता) प्रदान गर्दछ। सानडिस्कले अल्ट्राक्यूएलसी–आधारित २५६टीबी एसएसडी र एसएन६७० १२८टीबी भेरियन्ट सन् २०२६ को पूर्वाद्र्धमा यू.२ फर्म फ्याक्टरमा लन्च हुने पुष्टि गरेको छ भने वर्षको उत्तरार्धमा थप फारम फ्याक्टरहरूले पछ्याउने अपेक्षा गरिएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २६ श्रावण २०८२, सोमबार