दोस्रो त्रैमासिकमा विश्वव्यापी ट्याब्लेट ढुवानी १३ प्रतिशतले बढ्यो, एप्पलले अग्रता लियोः आईडीसी

Technology Khabar २६ श्रावण २०८२, सोमबार

काठमाडौं ।

यस वर्षको दोस्रो त्रैमासिक (अप्रिल–जुन अवधि) मा विश्वव्यापी ट्याब्लेट ढुवानी १३ प्रतिशतले बढेर ३८.३ मिलियन युनिट पुगेको इन्टरनेशनल डाटा कम्पनी (आईडीसी) को पछिल्लो रिपोर्टले खुलासा गरेको छ। रिप्लेसमेण्ट साइकल, नयाँ डिभाइसको लन्च र चीनमा राज्य अनुदानले मुख्यतया बढ्दो ढुवानी मात्रामा योगदान पुर्याएको जनाइएको छ। धेरै ब्राण्डहरूले ट्यारिफको डरसँगै इन्भेन्टरी पनि भण्डारण गरेको हुनाले बढ्दो ढुवानीमा प्रमुख भूमिका खेलेको उल्लेख गरिएको छ।

एप्पलले दोस्रो त्रैमासिकमा १२.७ मिलियन ढुवानी र ३३ प्रतिशत बजार हिस्साको साथ विश्वव्यापी ट्याब्लेट बजारको नेतृत्व गरेको छ। क्युपर्टिनोको बेस आईप्याड (२०२५) ब्राण्डको लागि प्रमुख भूमिका खेलेको र कुल ढुवानीमा २.४ प्रतिशत वर्षिक रुपमा वृद्धि देखेको उल्लेख गरिएको छ।

सामसङ यस अवधिमा ७.२ मिलियन ढुवानी र १८.७ प्रतिशत बजार हिस्साको साथ दोस्रो स्थानमा रहेको छ। कम्पनीको ग्यालेक्सी ट्याब सिरिजले ल्याटिन अमेरिका, मध्य पूर्व र युरोपमा राम्रो प्रदर्शन गरेको रिपोर्ट गरिएको छ।

लेनोभोले ३१ लाख ढुवानी र ८.२ प्रतिशत बजार हिस्साका साथ शीर्ष तीनमा स्थान बनाएको छ। कम्पनीको ट्याब एम सिरिजको बलियो मागका देखिएको उल्लेख गरिएको छ। साथै चीनको राज्य अनुदानले वाई७०० र शाओसिन प्याड प्रो मोडेलहरूको मागलाई बढाएको थप उल्लेख गरिएको छ।

त्यसैगरी ढुवानीको हिसाबले अमेजन सबैभन्दा छिटो वृद्धि देख्ने कम्पनी बनेको र यसको फायर रेञ्ज २०० प्रतिशत भन्दा बढीले विस्तार भएको बताइएको छ जसले गर्दा अमेजनले लेनोभोसँग ३१ लाख ढुवानी र ८ प्रतिशत बजार हिस्साका साथ बराबरी गरेको उल्लेख गरिएको छ। शाओमी भने २८ लाख ढुवानी र ७.४ प्रतिशत बजार हिस्साका साथ पाँचौं स्थानमा रहेको छ। कम्पनीको प्याड ७ र रेडमी प्याड एसई मोडेलहरूको बलियो मागका देखिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २६ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया