Technology Khabar २५ श्रावण २०८२, आईतवार
काठमाडौं ।
अनरले प्ले १०सी लाई आधिकारिक रुपमा सार्वजनिक गरेको छ। यो फोनमा ७२०x१६०४ रिजोल्युसन, १२० हर्ज रिफ्रेस रेट र १,०१० निट पीक ब्राइटनेस भएको ६.६१ इन्चको एलसीडी स्क्रिन रहेको छ। यो डिभाइस मिडियाटेक डाइमेन्सिटी ६३०० एसओसी द्वारा सञ्चालित हुनेछ।
डिभाइसमा एफ/१.८ एपर्चर भएको १३ मेगापिक्सेलको रियर क्यामरा, ५ मेगापिक्सेलको एफ/२.२ सेल्फी स्न्यापर र १५ वाट वायर्ड चार्जिङको लागि समर्थन भएको ६,००० एमएएच ब्याट्री समावेश गरिएको छ।
प्ले १०सी लाई धुलो र पानी प्रतिरोधको लागि आईपी६४ रेटिङ्ग पनि प्राप्त भएको छ। साथै डिभाइस ४/१२८जीबीको मूल्य ६४९ चिनियाँ युआन (९० अमेरिकी डलर), ६/१२८जीबीको मूल्य ६९९ चिनियाँ युआन (९७ अमेरिकी डलर) र ८/२५६जीबीको मूल्य ८९९ चिनियाँ युआन (१२५ अमेरिकी डलर) गरी तीनओटा र्याम/स्टोरेज कम्बोमा आउने बताइएको छ।
यो फोन नीलो, सेतो र कालो रङ्गमा उपलब्ध हुनेछ भने अनरको म्याजिकओएस ९.० सहित एन्ड्रोइड १५ चलाउने उल्लेख गरिएको छ।
यस डिभाइसको मापन १६३.९५ x ७५.६ x ८.३९ एमएम र तौल १९७ ग्राम रहेको छ। प्ले १०सी पहिले नै अनरको अनलाइन स्टोरबाट चीनमा किन्न उपलब्ध हुँदै आएको छ भने डेलिभरी अगस्ट १२ मा सुरु हुने तय भएको छ।
अनर प्ले १०सी आधिकारिक रूपमा चीन बाहिर उपलब्ध हुनेछ कि छैन भन्ने बारेमा भने स्पष्टता नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २५ श्रावण २०८२, आईतवार