Technology Khabar २५ श्रावण २०८२, आईतवार
काठमाडौं ।
आईफोन १७ प्रोको बेस स्टोरेज अब २५६ जीबीबाट सुरु हुने भएको छ। गत महिना, आगामी आईफोन १७ परिवारको एन्ट्री–लेभल ‘भेनिला’ आईफोन १७ बाहेक अन्य सबै मोडेलको मूल्य वृद्धि हुने एउटा अफवाह सुन्नमा आएको थियो।
यसै क्रममा अब, चीनको एक लीकरले यसैबारे नयाँ जानकारीको खुलासा गरेको छ। एप्पलले स्पष्ट रूपमा आईफोन १७ प्रोको बेस स्टोरेज २५६ जीबीबाट तयार पार्न लागेको लीकरले दावी गरेको हुनाले आईफोन १७ प्रोको अफवाह गरिएको ५० अमेरिकी डलरको मूल्य वृद्धिले केहि हदसम्म न्याय गर्ने उल्लेख गरिएको छ।
एप्पल अन्ततः सन् २०२५ मा आफ्नो प्रो आईफोनहरूमा १२८ जीबी बेस मोडेलहरूबाट टाढा सर्न लागेको उल्लेख गरिएको छ (प्रो म्याक्सले पनि यही तवर अपनाउने अनुमान गरिएको छ)।
त्यसैले, २५६ जीबीको आईफोन १७ प्रो अब २५६ जीबीको आईफोन १६ प्रो भन्दा थप ५० अमेरिकी डलर महँगो हुनेछ। यस विषयमा पछिल्लो अफवाहका अनुसार, एप्पलले सेप्टेम्बर ९ मा हुने एक विशेष कार्यक्रममा आईफोन १७ परिवार अनावरण गर्ने अनुमान रहेको छ।
त्यसपछि सेप्टेम्बर १९ मा नयाँ डिभाइसहरू रिलीज गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २५ श्रावण २०८२, आईतवार