Technology Khabar २५ श्रावण २०८२, आईतवार
काठमाडौं ।
जापानले ईयूलाई पछ्याउँदै एप्पललाई आईओएसमा गैर–वेबकिट ब्राउजरहरूका लागि अनुमति दिन बाध्य पार्दैछ। गत वर्ष लागू भएको ईयूको डिजिटल बजार ऐन पछ्याउँदै, जापानमा अब स्मार्टफोन ऐन जारी गरिएको छ।
जापानको यो स्मार्टफोन ऐन डिसेम्बरसम्ममा लागू हुनेछ र वैकल्पिक ब्राउजर इन्जिनहरू ब्लक गर्ने वा अवरोध गर्ने कार्यमा प्रतिबन्ध लगाउनेछ जसले गर्दा एप्पलले कुनै पनि रेन्डरिङ इन्जिन प्रयोग गर्ने तेस्रो–पक्ष ब्राउजरलाई अनुमति दिन आवश्यक पर्नेछ।
एप्पलले तेस्रो–पक्ष ब्राउजर इन्जिनहरूको प्रयोगलाई अव्यावहारिक वा व्यावसायिक रूपमा अव्यवहारिक बनाउने अभ्यासहरूबाट पनि टाढा रहनुपर्ने भएको छ। एप्पलले प्राविधिक रूपमा पालना गर्ने तर विकासकर्ताहरूलाई वेबकिट बाहेक अन्य इन्जिनहरू प्रयोग गर्न यति गाह्रो बनाउने परिस्थितिहरूबाट बच्नको लागि यसको डिजाइन गरिएको बताइएको छ भने उपभोक्ताहरूको हकमा भने केहि पनि परिवर्तन नहुने उल्लेख गरिएको छ।
एप्पलले तेस्रो–पक्ष ब्राउजर इन्जिनहरूलाई वेबकिट जस्तै एपीआईहरूमा पनि पहुँच गर्न अनुमति दिनुपर्ने उल्लेख गरिएको छ। एप्पलले अन्य एपीआईहरू उपलब्ध गराउन सक्ने सम्भावनको उल्लेख गरिएको छ जुन सफारी र वेबकिटले प्रयोग गर्नेहरू भन्दा भौतिक रूपमा कमसल नहुने बताइएको छ। यस बाहेक, स्मार्टफोन ऐनले ब्राउजरहरूको लागि च्वाइस स्क्रिनहरू पनि अनिवार्य गरेको जनाइएको छ जहाँ उपभोक्ताहरूलाई उनीहरूले मनपर्ने एउटा छनौट गर्न अनुमति दिइनेछ। यस्तो च्वाइस स्क्रिन डिभाइसको “पहिलो सक्रियता पछि तुरुन्तै” प्रदर्शित हुनुपर्नेछ भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २५ श्रावण २०८२, आईतवार