Technology Khabar २५ श्रावण २०८२, आईतवार
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले टेक्सासको अस्टिनस्थित कारखानाबाट आईफोन लगायतका अन्य उत्पादनहरूका लागि चिप्स आपूर्ति गर्ने एप्पलले घोषणा गरेको छ। यी चिप्सले एप्पल डिभाइसहरूको प्रदर्शन र ऊर्जा दक्षतामा सुधार गर्ने जनाइएको छ।
अमेरिकामा थप १०० अर्ब डलर लगानीको अंशको रूपमा यो कदम आएको बताइएको छ जसले आगामी चार वर्षमा एप्पलको कुल प्रतिबद्धतालाई ६०० अर्ब डलर पुरयाउने टेलीग्राफले रिपोर्ट गरेको छ।
सामसङले एप्पललाई इमेज सेन्सरहरू आपूर्ति गर्ने काममा सोनीलाई आंशिक रूपमा प्रतिस्थापन गरिरहेको विज्ञहरूको भनाइ रहेको छ र यसले अमेरिकी कम्पनीलाई स्रोत विविधीकरण गर्न मद्दत गरिरहेको जनाइएको छ।
जापानमा मात्र उत्पादन गर्ने सोनीको हाल हाई–इण्डको इमेज सेन्सरले बजारमा प्रभुत्व कायम नै राखेको छ।
एप्पलले एकल आपूर्तिकर्तामा निर्भरता कम गर्ने र अमेरिकामा थप उत्पादन स्थानीयकरण गर्ने लक्ष्य राखेको रिपोर्ट गरिएको छ।
प्रकाशित: २५ श्रावण २०८२, आईतवार