ओपनएआईले माइक्रोसफ्टलाई जिउँदै निल्नेछः मस्क

Technology Khabar २४ श्रावण २०८२, शनिबार

काठमाडौं ।

अरबपति इलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स उद्योगमा ओपनएआईको पूर्ण प्रभुत्वको भविष्यवाणी गर्दै टेक जायन्ट माइक्रोसफ्ट विरुद्ध कडा बयान जारी गरेका छन्।

माइक्रोसफ्टका सीईओ सत्य नाडेलालाई सिधै सम्बोधन गरिएको टिप्पणीमा “ओपनएआईले माइक्रोसफ्टलाई जिउँदै खानेछ” भनी मस्कले घोषणा गरेका छन्।

कम्पनी आफ्नो मूल गैर–नाफामुखी मिशनबाट भड्किएको आरोप लगाउँदै मस्क आफैँले स्थापना गर्न मद्दत गरेको कम्पनी विरुद्ध मुद्दा दायर गरेपछि मस्क र ओपनएआई बीच तनावपूर्ण सम्बन्ध रहेको समयमा मस्कको यस्तो बयान आएको हो।

ओपनएआईको आर्टिफिसियल इन्टेलिजेन्स मोडेलहरूलाई अफिस र एज्युर जस्ता प्रमुख उत्पादनहरूमा एकीकृत गर्दै माइक्रोसफ्टले ओपनएआई र यसको प्रविधिहरूमा दशौं अर्ब डलर लगानी गरेको छ।

तर मस्कले यो गठबन्धनलाई माइक्रोसफ्टको लागि खतरनाक सम्बन्धको रूपमा हेरेको जस्तो देखिएको छ।

मस्कको बयानहरूसँगै उद्योग विज्ञहरू विभाजित भएका छन। साथै विश्वव्यापी एआई बजारमा ओपनएआईको बढ्दो प्रभावलाई अस्वीकार गर्न  नसकिने उल्लेख गरिएको छ।

यसैबीच, इलन मस्कको एक्सएआई कम्पनी ओपनएआईको शक्तिशाली विकल्प निर्माण गर्ने प्रयास गरिरहेको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २४ श्रावण २०८२, शनिबार

तपाइको प्रतिक्रिया