काठमाडौं महानगरले माग्यो सवारी साधन मर्मत विषयमा अन ‘द जब ट्रेनिङ’का लागि अनलाइन आवेदन

Technology Khabar २२ श्रावण २०८२, बिहीबार

काठमाडौं महानगरले माग्यो सवारी साधन मर्मत विषयमा अन ‘द जब ट्रेनिङ’का लागि अनलाइन आवेदन
फाइल तस्बिर

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको विद्युतीय/अन्य सवारी साधन मर्मत सम्बन्धी प्रारम्भिक तालिम प्राप्त गरेका प्रशिक्षार्थीहरुलाई काठमाडौं महानगरपालिका, चाँगुनारायण फाउण्डेशन र सम्बन्धित कम्पनी, औद्योगिक प्रतिष्ठानसंगको सहकार्यमा ६ महिना अवधिको अन द जब ट्रेनिङमा सहभागी गराउने भएको छ।

महानगरले आज एक सूचना प्रकाशित गरी तालिममा सहभागी हुन इच्छुक प्रशिक्षार्थीहरुले तोकिए बमोजिमको फारम भरी सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन पेश गर्न आह्वान गरेको हो।

तालिम महानगरपालिकाले तोकेको औद्योगिक प्रतिष्ठानहरूमा प्रथम चरणमा अधिकतम १९ (उन्नाईस) जना मात्र प्रशिक्षार्थी राखेर दिइनेछ।

यो तालिम आगामी भदौ १ गतेबाट शुरु हुनेछ भने तालिमका लागि आवेदन दिन सकिने अन्तिम आगामी साउन २८ गतेलाई तोकिएको छ।

आवेदन दिनका लागि तलको क्यूआर कोड स्क्यान वा लिङ्कमा क्लिक गर्नुपर्नेछ।

https://ee.kobotoolbox.org/single/f1f16fcd572c39b38d0ea0c0d4f51a5c

तालिमका लागि आवश्यक कागजातहरू:

  • जन्म मिति खुलेको नेपाली नागरिकता प्रमाण-पत्र वा अन्य सरकारी मान्यता प्राप्त परिचय पत्रको प्रतिलिपि – १ थान
  • विद्युतीय / अन्य सवारी साधन मर्मत सम्बन्धी प्रारम्भिक तालिम प्राप्त गरेको प्रमाण पत्रको प्रतिलिपि
  • उक्त तालिमसंग सम्बन्धित कार्य अनुभव-पत्र, कागजात वा प्रमाण पत्रको प्रतिलिपि
  • न्यूनतम ८ कक्षा उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि १ थान
  • हालको पासपोर्ट साईजको फोटो १ थान ।

सूचना अनुसार आवेदकहरू मध्येबाट तालिमको लागि छनोट गर्न स्क्रीनिङका विभिन्न विधिहरू अपनाइने छन्। सो विधिहरुबाट उत्तीर्ण अधिकतम १९ जना आवेदकहरुलाई मात्र पहिलो चरणको अन द जब तालिम कार्यक्रममा संलग्न गराइनेछ।

तालिमको लागि छनोट भई काबु बाहिरको परिस्थिति बाहेक अन्य कारणले तालिम छोडेमा निजको अभिलेख राखी भविष्यमा महानगरपालिकाबाट सञ्चालन हुने कुनै पनि किसिमको तालिममा सहभागी गराइने छैन।

प्रकाशित: २२ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया