Technology Khabar २२ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
नेपाल टेलिकमले आफ्नो प्रिपेड सिमकार्डको मूल्य ९० रुपैयाँभन्दा बढी लिनु गैरकानुनी भएको जनाएको छ।
टेलिकमले आज एक सार्वजनिक सूचना प्रकाशित गरी कम्पनीले उक्त कार्डको ९० रुपैयाँ तोकेको र त्योभन्दा बढी रकम लिएर बिक्री गरेको पाइएमा नजिकैको कार्यालय वा प्रहरीमा खबर गरिदिन सम्बन्धित सबैमा आग्रह गरेको छ।
‘नेपाल टेलिकमले प्रिपेड सिमकार्डको मूल्य रू. ९० तोकी बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले तोकेको बिक्री मूल्य भन्दा बढी रकम लिई सिमकार्ड बिक्री वितरण गर्नु गैरकानूनी कार्य हो। कुनै पनि बिक्री केन्द्र, पसल आदिमा तोकिएको मूल्य भन्दा बढी रकम लिई सिम बिक्री भएको पाइएमा नजिकको दूरसञ्चार कार्यालय वा जिल्ला प्रशासन कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराइदिनुहुन अनुरोध गरिन्छ’, सूचनामा उल्लेख छ।
गत मंगलबार टेक्नोलोजीखबरले टेलिकमले ९० रुपैयाँ तोकेको सिमकार्ड राजधानीमै एक सय रुपैयाँमा बिक्री हुँदै आएकोबारे विस्तृत समाचार प्रकाशित गरेको थियो। उक्त समाचारमा टेलिकमका प्रवक्ता, सिमकार्ड बिक्रेता, उपभोक्ता सबैको आवाज समेटिएको थियो।
सम्बन्धित समाचार-
सोही समाचारको प्रभावस्वरुप आज टेलिकमले उक्त सूचना जारी गरेको हो। यसबाट ९ रुपैयाँ टकटाइम भएको सिमकार्ड किन्दा थप अतरिक्त १० रुपैयाँ तिर्नुपर्ने बाध्यता हट्ने छ।
हालसम्म अवैधरुपमा सिम बिक्रीबाट उठाईएको उक्त रकम टेलिकम वा सरकारी कोषमा नगई बिक्रेताको खल्तीमा जाने र उपभोक्ता भने मारमा पर्ने देखिँदै आएकोमा अब भने त्यस किसिमको ठगी पनि रोकिने अपेक्षा गर्न सकिन्छ।
प्रकाशित: २२ श्रावण २०८२, बिहीबार