काठमाडौं ।
विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी ब्रान्ड याडिया को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले याडिया भेलाक्स सिरिज नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सँगै सार्वजनिक गरिएको यो नयाँ श्रृङ्खलाले प्रदर्शन, स्मार्ट फिचर र दैनिक जीवनको सहजतामा आधारित इलेक्ट्रिक मोबिलिटीमा नयाँ युगको सुरुवात गरेको छ।
तीन मोडेल, फरक पहिचान
भेलाक्स सिरिज को हरेक मोडेल फरक आवश्यकतालाई सम्बोधन गर्दै बनाइएको छ — उच्च प्रदर्शन खोज्नेहरूदेखि लिएर दैनिक यात्रुहरूका लागि:
•भेलाक्स यू (अल्ट्रा पर्फर्मेन्स)
४.९ किलोवाट मोटर र ७४भोल्ट २०एम्प आवर डुअल लिथियम–आयन ब्याट्रीको साथमा यो मोडेलले १४० किमी सम्मको रेञ्ज दिन्छ र ८० किमी/घण्टाको टप स्पिडमा दौडन्छ।
•भेलाक्स फास्ट चार्जिङ (२० मिनेटमै ८० प्रतिशत चार्ज)
३.२ किलोवाट मोटर र ७६भोल्ट ३०एम्प आवर ब्याट्रीसहित, यो मोडेल २० मिनेटमै ८० प्रतिशत चार्ज हुन सक्छ र ११० किमी सम्मको दूरी तय गर्न सक्षम छ।
•भेलाक्स एच (हाइ पर्फर्मेन्स)
दैनिक प्रयोगका लागि डिजाइन गरिएको यो मोडेल ३.२ किलोवाट मोटर र ७२भोल्ट ३०एम्प आवर ब्याट्रीसहित १०० किमी सम्मको रेञ्ज प्रदान गर्दछ।
स्मार्ट प्रविधिका साथ स्मार्ट यात्रा
भेलाक्स सिरिज मा आधुनिक सवारीका लागि आवश्यक प्रबिधिहरू समेटिएका छन्:
•क्रुज कन्ट्रोल – लामो यात्राका लागि सहजता
•रिभर्स मोड – पार्किङमा सजिलो
•कीलेस स्टार्ट र स्मार्ट अनलक
•मोबाइल एप इन्टिग्रेसन – एण्टी-थेफ्ट अलर्ट, ट्र्याकिङ, र डाइग्नोस्टिकस
•रिजेनेरेटिभ ब्रेकिङ– रेञ्ज बढाउन सहयोगी
•यूएसबी चार्जिङ पोर्ट, एलईडी लाइट, र फुली डिजिटल ड्यासबोर्ड
ग्यारेन्टी र सेवा नेटवर्क
भेलाक्स मोडेलहरूमा ३ वर्ष वा ३०,००० किमी को वारेन्टी उपलब्ध छ। कुजु नेपालले देशभरका १२ भन्दा बढी आधिकारिक डिलरहरू मार्फत टेस्ट राइड, प्रि-बुकिङ र फाइनान्सिङ सुविधा सुरु गरिसकेको छ।
“भेलाक्स सिरिज सँग हामी नेपाली प्रयोगकर्तालाई अझ बढी शक्ति, प्रविधि र सुविधासँग सुसज्जित स्कुटर प्रदान गर्दैछौं,” कुजु नेपालले जनाएको छ। “तेज चार्जिङ, विश्वस्त रेञ्ज, र प्रिमियम सुविधासँग अब भेलाक्स हरेक घरको आवश्यकतामा फिट हुन्छ।”
विश्वका १०० भन्दा बढी देशमा ७ करोडभन्दा बढी प्रयोगकर्ताहरूसँग याडिया ब्रान्डले विश्वव्यापी अग्रणी भूमिका खेल्दै आएको छ। नेपालमा भेलाक्स सिरिज को आगमनसँगै, कुजु नेपालले अन्तर्राष्ट्रिय स्तरको इलेक्ट्रिक सवारी साधनलाई नेपाली सडकमा पुर्याएको छ।