Technology Khabar २२ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
एप्पलले यसको आफ्नो ट्याब्लेट, वाच, कम्प्युटर र अन्य ग्याजेटहरूको लागि सम्बन्धित ओएस शाखाहरूको साथ जुन महिनाको सुरुमा आईओएस २६ अनावरण गरेको थियो।
यसले एक प्रमुख भिजुल ओभरहालको रुपमा लिक्विड ग्लास प्रस्तुत गरेको बताइए तापनि कम्पनीले अझै पनि लुक्समा ट्वीक गर्ने काम पूरा नगरेको उल्लेख छ। अपडेट अझै स्थिर अवस्थामा नपुगेको तर काम द्रुत गतिमा अगाडि बढिरहेको र एप्पल पहिले नै पाँचौं बिटामा रहेको उल्लेख गरिएको छ।
इफेक्ट (प्रभाव) धेरै बलियो भएको भन्ने चिन्ता पछि, आईओएस २६ बिटा २ ले लिक्विड ग्लासलाई कम गरेको उल्लेख गरिएको छ। यद्यपि, त्यो अधिक सुधार भएको हुनाले बीटा ४ ले यसलाई अलि माथि डायल गरेको बताइएको छ। बीटा ५ ले भने लिक्विड ग्लासमा कुनै परिवर्तन गरेको देखिँदैन।
यसले नयाँ यूआई एनिमेसनहरू, स्प्ल्याश स्क्रिनहरू र नयाँ एयरड्रप आइकन ल्याएको छ। आइकनहरूको कुरा गर्दा, होम स्क्रिनमा आइकनहरू वरिपरि घुम्दा, रिमुभ बटनहरू (–) अब पारदर्शी हुने भएका छन्।
त्यसैगरी यसको अझ महत्त्वपूर्ण कुरा भनेको यो संस्करणले अब केही परिवर्तनहरू अन्डु गर्न पनि अनुमति दिने भएको छ। उदाहरणका लागि, क्यामरामा “क्लासिक मोड स्विचिङ” रहेको छ (यसले मोड स्विचिङको दिशा उल्टाउँछ)। मेल एपले आफ्नो सेलेक्ट बटन फिर्ता पाएको छ जसले गर्दा धेरै इमेलहरू चयन गर्न सजिलो हुनेछ।
आईफोनको ब्याट्री २० प्रतिशतमा झर्दा त्यसबारे रिडिजाइन गरिएको नोटिफिकेसन वार्निङ्ग (चेतावनी) देखिने र कम लो पावर मोड अन गर्ने प्रस्ताव गरिने उल्लेख गरिएको छ।
आईफोन ओएसको अतिरिक्त, एप्पलले आईप्याडओएस २६ बिटा ५, वाचओएस २६ बिटा ५, म्याकोस टाहो २६ बिटा ५, टिभीओएस २६ बिटा ५ र भिजनओएस २६ बिटा ५ लाई बिटा कार्यक्रममा साइन इन गरिएका डिभाइसहरूमा पनि रोल आउट गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २२ श्रावण २०८२, बिहीबार