Technology Khabar २२ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
नेपालमा पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्दै गइरहेको छ। व्यक्तिगत मनोरञ्जन वा कार्यालयको काम र अध्ययन अध्यापनमा समेत अपरिहार्य भएकाले इन्टरनेटको प्रयोग बढेको हो।
प्रयोगकर्ताको सङ्ख्या बढेसँगै मोबाइल ब्रोडब्याण्ड लगायत तार (फाइबर)बाट इन्टरनेट जडान गर्नेको संख्या पनि बढ्दो छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को अन्तिम महिना अर्थात् २०८२ असार मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान संख्या ३२ लाख ४८ हजार ६७४ पुगेको छ।
यो आँकडा अघिल्लो आर्थिक वर्ष २०८०८१को सोही अवधिमा मसान्तसम्म २८ लाख १७ हजार ५०९ थियो। यस हिसाबले एक वर्षको अवधिमा ४ लाख ३१ हजार १६५ नयाँ जडान थपिएको छ।
नेपालमा आधिकारिक रुपमा सञ्चालनमा रहेकामध्ये ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक कम्युनिकेशन प्रालि रहेको छ। गत आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा पनि कम्पनीको यो साख यथावत नै छ।
ग्राहक सङ्ख्याका आधारमा उत्कृष्ट १० आईएसपी छान्ने क्रमका अधिकांश पुरानै सूचीमा परेकाहरु तलमाथि हुने गर्दछन् भने १० औं नम्बरमा परेको आईएसपी भनर् सधैं सूचीआाट बाहिरिने सम्भावनामा रहन्छ। यसैगरी यसअघि सूचीको वरपर पनि नदेखिएका केही कम्पनी उल्लेख्य ग्राहक थपेर अकस्मात् सूचीमा पर्ने पनि गरेका छन्।
विवरण अनुसार २०८२ असार मसान्तसम्मका टप १० आईएसपी यसप्रकार छन्:
१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ असार मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या १० लाख १२ हजार ७४६ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस कम्पनीको समग्र ग्राहक सङ्ख्या ९ लाख १८ हजार ७३३ थियो। एक वर्षको अवधिमा कम्पनीले ९४ हजार १ ३ नयाँ ग्राहक थपेको छ।
२. डिस मिडिया नेटवर्क
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ असार मसान्तसम्म डिश मिडिया नेटवर्कको इन्टरनेट जडान संख्या ३ लाख ६१ हजार ३९४ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस कम्पनीको समग्र ग्राहक सङ्ख्या ३ लाख १९ हजार ६९६ थियो। एक वर्षको अवधिमा कम्पनीले ४१ हजार ६९८ नयाँ ग्राहक थपेको छ।
३. भायानेट कम्युनिकेशन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ असार मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या ३ लाख १९ हजार ८ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस कम्पनीको समग्र ग्राहक सङ्ख्या २ लाख ७ हजार ७६७ थियो। एक वर्षको अवधिमा कम्पनीले उल्लेख्य १ लाख ११ हजार २४१ नयाँ ग्राहक थपेको छ।
४. सुबिसु केबलनेट प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ असार मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या २ लाख ९९ हजार २२५ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस कम्पनीको समग्र ग्राहक सङ्ख्या २ लाख ५० हजार ३१३ थियो। एक वर्षको अवधिमा कम्पनीले ४८ हजार ९१२ नयाँ ग्राहक थपेको छ।
५. क्लासिक टेक प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ असार मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या १ लाख ८७ हजार १३७ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख ६३ हजार १६० थियो। एक वर्षको अवधिमा कम्पनीले २३ हजार ९७७ नयाँ ग्राहक थपेको छ।
६. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ असार मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या १ लाख ७५ हजार ६५९ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख ३९ हजार ११८ थियो। एक वर्षको अवधिमा कम्पनीले ३६ हजार ५४१ नयाँ ग्राहक थपेको छ।
७. टेकमाइण्ड्स नेटवर्क प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ असार मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या १ लाख १ हजार ५८० पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस कम्पनीको समग्र ग्राहक सङ्ख्या ८० हजार ९०४ थियो। एक वर्षको अवधिमा कम्पनीले २० हजार ६७६ नयाँ ग्राहक थपेको छ।
८. सिजी कम्युनिकेसन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ असार मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या ८२ हजार ८६० पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस कम्पनीको समग्र ग्राहक सङ्ख्या ७७ हजार १०२ थियो। एक वर्षको अवधिमा कम्पनीले ५ हजार ७५८ नयाँ ग्राहक थपेको छ।
९. वाइफाइ नेपाल प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ असार मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या ८० हजार ३७१ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस कम्पनीको समग्र ग्राहक सङ्ख्या ३६ हजार २०२ थियो। एक वर्षको अवधिमा कम्पनीले ४४ हजार १६९ नयाँ ग्राहक थपेको छ।
१०. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ असार मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या ५३ हजार ४२३ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस कम्पनीको समग्र ग्राहक सङ्ख्या ४१ हजार २१२ थियो। एक वर्षको अवधिमा कम्पनीले १२ हजार २११ नयाँ ग्राहक थपेको छ।
यस्तो छ स्थानको तुलना
| क्रं सं | आर्थिक वर्ष २०८०/८१ | आर्थिक वर्ष २०८१/८२ |
| १ | वर्ल्डलिङ्क कम्युनिकेशन प्रालि | वर्ल्डलिङ्क कम्युनिकेशन प्रालि |
| २ | डिश मिडिया नेटवर्क | डिश मिडिया नेटवर्क |
| ३ | सुबिसु केबलनेट प्रालि | भायानेट कम्युनिकेशन प्रालि |
| ४ | भायानेट कम्युनिकेशन प्रालि | सुबिसु केबलनेट प्रालि |
| ५ | क्लासिकटेक प्रालि | क्लासिकटेक प्रालि |
| ६ | वेबसर्फर | वेबसर्फर |
| ७ | टेकमाइण्ड्स प्रालि | टेकमाइण्ड्स प्रालि |
| ८ | सीजी कम्युनिकेशन | सीजी कम्युनिकेशन |
| ९ | फाइबरवर्ल्ड कम्युनिकेशन | वाइफाइ नेपाल प्रालि |
| १० | ब्रोडलिङ्क नेटवर्क | ब्रोडलिङ्क नेटवर्क |
प्रकाशित: २२ श्रावण २०८२, बिहीबार