एक्सको सीईओ पद छोडेकी लिण्डा अब स्वास्थ्य स्टार्टअप ईमेड पपुलेशन हेल्थमा

  • Technology Khabar | २२ श्रावण २०८२, बिहीबार
एक्सको सीईओ पद छोडेकी लिण्डा अब स्वास्थ्य स्टार्टअप ईमेड पपुलेशन हेल्थमा

काठमाडौं ।

एक्सको प्रमुख कार्यकारी अधिकृत पदबाट बहिर्गमन गरेपछि लिण्डा याकारिनोको नयाँ जिम्मेवारी अब ईमेड पपुलेशन हेल्थमा अर्को प्रमुख कार्यकारीको रुपमा रहने भएको छ।

यो एउटा एआई स्टार्टअप हो जसले जीएलपी-१ प्रयोग गर्ने बिरामीहरूका लागि प्रविधि प्लेटफर्म निर्माण गरिरहेको छ।

याकारिनो लामो समयसम्म एनबीसीयुनिभर्सलमा विज्ञापन कार्यकारीको रूपमा कार्यरत थिइन्, तर दुई वर्षका लागि एक्सको सीईओ बन्ने निर्णय गरेकी थिइन्।

टेकक्रञ्चका अनुसार त्यस अवधिमा उनले सामाजिक सञ्जालको समस्याग्रस्त विज्ञापन आम्दानी मोडलमा सकारात्मक प्रभाव पार्न सफल भएकी थिइन्। सामग्री निगरानीलाई कम गर्ने दृष्टिकोणमा भने उनी र एलन मस्कबीच सहमति कुरा मिलेको थियो।

स्वास्थ्य प्रविधिमा अनुभव नभए पनि नयाँ साझेदारीहरू गर्न सक्ने उनको अपार क्षमताका कारण” उनीहरू याकारिनोको खोजीमा रहेको ईमेडले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। साथै एक्समा उनको कार्यकालका कारण उनी प्रविधि क्षेत्रमा परिचित भएकीले स्टार्टअपतर्फ थप ध्यान आकर्षण भएको छ।

ईमेडले अघिल्लो चरणमा घरमै गरिने कोभिड-१ को र्‍यापिड एन्टिजेन परीक्षणका लागि प्रविधि प्लेटफर्म तयार पारेको थियो, जसले प्रयोगकर्तालाई परीक्षण प्रक्रिया सही रूपमा गर्न मार्गदर्शन गर्ने काम गर्थ्यो।

अहिले भने ईमेड जीएलपी-१ औषधि वर्गतर्फ केन्द्रित भएको छ, जसमध्ये ओजेम्पिक पनि पर्दछ। यी औषधि तौल व्यवस्थापन र टाइप २ मधुमेहको उपचार दुवैका लागि प्रयोग गर्न सकिन्छ।

“आजको स्वास्थ्य सेवा बजारमा अग्रणी बन्न कम्पनीहरूले नडराउने दृढताका साथ न केवल विकास गर्नुपर्छ, तर सम्पूर्ण उद्योगलाई पुनर्परिभाषित गर्ने साहस पनि राख्नुपर्छ,” याकारिनोले प्रेस विज्ञप्तिमा भनिन्।

“हामी त्यो दृढ अग्रणी बन्ने लक्ष्यमा सुसज्जित छौँ, र हाम्रा क्रान्तिकारी सेवा र प्लेटफर्ममार्फत विश्वव्यापी स्वास्थ्य नतिजा सुधार गर्ने हाम्रो अन्तिम लक्ष्यप्रति प्रतिबद्ध छौँ।”

प्रकाशित: २२ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार