औपचारिक लन्चअघि सामसङ ग्यालेक्सी ए१७ यूरोपका बजारमा सूचीबद्ध

Technology Khabar २२ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

युरोपभरिका धेरै खुद्रा विक्रेताहरूले औपचारिक लन्च अघि सामसङको ग्यालेक्सी ए१७ सूचीबद्ध गरेका छन्। ग्यालेक्सी ए–सिरिजको पछिल्लो सदस्यको रुपमा आएको ग्यालेक्सी ए१७ ले आफ्नो पूर्ववर्तीको तुलनामा केही उल्लेखनीय अपग्रेडहरू ल्याएको छ।

डिभाइसमा सामसङको एक्जिनोस ३३० चिपसेट, अपडेट गरिएको डिस्प्ले सुरक्षा र ५० मेगापिक्सेलको मुख्य क्यामरामा अप्टिकल ईमेज स्टेबलाइजेसन समावेश रहेका छन्।

ग्यालेक्सी ए१७ मा एफएचडी+ रिजोल्युसन र ९० हर्ज रिफ्रेस रेटसहितको ६.७–इन्च सुपर एएमओएलईडी समावेश गरिएको छ। प्यानलमा गोरिल्ला ग्लास भिक्टस सुरक्षा र १३ मेगापिक्सेलको सेल्फी क्यामराको लागि वाटर ड्रप नच रहेको छ। साथै यसमा १,१०० निट्स पीक ब्राइटनेस रहेको छ।

डिभाइसको पछाडि ५० मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ जसमा अब ५ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स र २ मेगापिक्सेलको म्याक्रो क्यामरासँगै ओआईएस पनि रहेको छ। ग्यालेक्सी ए१७ मा रहेको ५,००० एमएएच ब्याट्रीले २५ वाट वायर्ड चार्जिङलाई समर्थन गर्दछ। फोनमा आईपी५४ इन्ग्रेस सुरक्षा र माइक्रोएसडी कार्ड स्लट मार्फत विस्तारयोग्य स्टोरेज उपलब्ध रहेको छ।

सफ्टवेयरतर्फ एन्ड्रोइड १५ मा आधारित वान यूआई ७ द्वारा कभर गरिएको र सामसङले ६ ओएस अपडेटहरूका साथै ६ वर्षको सुरक्षा प्याचहरू प्रदान गर्ने उल्लेख गरिएको छ।

ग्यालेक्सी ए१७ कालो, नीलो र खैरो रङ्गहरूमा उपलब्ध हुनेछन्। डिभाइसको ४/१२८जीबी ट्रिमको लागि फ्रान्समा २३० यूरोमा सूचीबद्ध गरिएको छ भने ८/२५६जीबी संस्करण हाल स्पेनमा ३०९ यूरो मूल्य कायम गरिएको छ।

ग्यालेक्सी ए१७ को आधिकारिक लन्च मितिको बारेमा भने अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको उल्लेख गरिएको छ। ए१७ चाँडै नै व्यापक रूपमा उपलब्ध हुने आपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २२ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया