आईफोन १७ एयरमा पातलो ब्याट्री समावेश गरिने

Technology Khabar २२ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

गत हप्ता आईफोन १७ एयरको ब्याट्री प्रदर्शन गर्ने दाबी गरिएको एक रिपोर्ट देखा परेको थियो। उक्त रिपोर्टमा देखा परेको ब्याट्री पछि आईफोन १७ प्रोको लागि सेल साबित भयो। यसै क्रममा अब कोरियाली ब्लग नाभरको पोस्टले आईफोन १७ एयर ब्याट्रीको वास्तविक तस्बिरहरू सार्वजनिक गरेको छ। तस्बिरहरूले आईफोन १७ प्रोको ब्याट्री जस्तै स्टील सिटमा इनकेस्ड गरिएको समान देखिने एल–आकारको ब्याट्री प्रदर्शन गरेको छ।

नयाँ रिपोर्ट अनुसार, आईफोन १७ एयरको ब्याट्री धातुको आवरण सहित केवल २.४९ एमएम बाक्लो छ। सरल ढङ्गमा भन्नु पर्दा लगभग तीनओटा क्रेडिट कार्डहरू एकअर्काको माथि स्ट्याक गर्दा प्राप्त हुने मोटाई नै ब्याट्रीको मोटाई भएको उल्लेख गरिएको छ। दोस्रो तस्बिरमा आईफोन १७ एयरको ब्याट्री आईफोन १७ प्रोको तुलनामा उल्लेखनीय रूपमा पातलो भएको देख्न सकिने छ। एप्पलको अहिलेसम्मको सबैभन्दा पातलो फोन कथित रूपमा केवल ५.५ एमएम बाक्लो रहेको छ।

त्यती पातलो डिभाइसमा स्वाभाविक रूपमा हामीले प्रयोग गरेको भन्दा कम ब्याट्री क्षमता हुने बताइएको छ। पछिल्लो अफवाह अनुसार, १७ एयरको सेलमा लगभग २,९०० एमएएच चार्ज प्याक रहने बताइएको जुन आईफोन १६ प्लस को ४,६७४ एमएएच सेल भन्दा धेरै कम भएको उल्लेख गरिएको छ। साथै आईफोन १७ एयरले आईफोन १६ प्लसलाई प्रतिस्थापन गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

सन् २०२१ को आईफोन १३ मिनीमा ३,००० एमएएच भन्दा कम ब्याट्री भएको अन्तिम आईफोन थियो र यो डिभाइसले ५.४ इन्चको स्क्रिन समावेश गरेको थियो भने१७ एयरले ६.९ इन्चको डिस्प्ले ल्याउने अफवाह रहेको छ। एप्पलले १७ एयरको सहनशीलता बढाउन सिलिकन–कार्बन (Si/C) ब्याट्री प्रयोग गर्छ कि गर्दैन भनेर हेर्नको लागि पर्खनु पर्नेछ।

प्रकाशित: २२ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया