नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५: तस्बिरमा हेर्नुहोस रौनक

Technology Khabar २१ श्रावण २०८२, बुधबार

काठमाडौं ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाईमा) को “नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ।

नेपाल प्रहरी क्लब परिसरस्थित ब्लु पभिलियन भवनमा “नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” को औपचारिक रुपमा उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नाईमाको प्रदर्शनीले नपाले अटोमोटिभ क्षेत्रमा प्रगति गरिरहेको छ भन्ने संकेत गरेको उल्लेख गरे।

नाईमाका अध्यक्ष रितु सिंह वैद्यले नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो सवारीसाधन प्रदर्शनीमा ५० भन्दा बढि सवारीसाधनका ब्राण्डहरुका साथ दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी ३५ ओटा नयाँ सवारीसाधनहरु सार्वजनिक गरिने जानकारी दिइन्।

“नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” मा विभिन्न कम्पनी र ब्राण्डका विद्युतीय सवारीसाधन (ईभी) हरुका साथै ईलेक्ट्रिक बाइक र स्कुटरहरु प्रदर्शनीमा राखिएका छन्।

“नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” मा टोयोटा, किया, हुन्डाई, बीवाईडी, निशान, एमजी, माक्सस्, लगायत कम्पनीहरुले आफ्नो ईभी प्रदर्शनीमा राखेका छन्। त्यसैगरी सेग्वे, निउ, एथर, गोगोरो लगायतका विभिन्न कम्पनीका ईलेक्ट्रिक बाइक र स्कुटरतर्फ प्रदर्शनीमा राखेका छन्।

यस पाँच दिने “नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” प्रदर्शनी श्रावण २५ गते सम्पन्न हुनेछ।

हेर्नुस् प्रदर्शनीमा राखिएका र टेक्नोलोजखबरका प्रतिक रानाले खिचेका सवारीसाधन तथा बाइक/स्कुटरहरुको तस्विर:

प्रकाशित: २१ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया