एप्पलको फोल्डेबल आईप्याड आउन ढिलो हुने

  • Technology Khabar | २१ श्रावण २०८२, बुधबार
एप्पलको फोल्डेबल आईप्याड आउन ढिलो हुने

काठमाडौं ।

एप्पलको पहिलो फोल्डेबल आईफोन सन् २०२६ को अन्त्यतिर वा सायद सन् २०२७ को सुरुवाततिर आउँदैछ भन्ने तथ्यलाई लिएर हालै धेरै हल्लाहरू फैलिएका छन्।

१८.८ इन्च स्क्रिन भएको फोल्डेबल आईप्याड (वा म्याक) को बारेमा पनि त्यस्तै धेरै चर्चा हुने गरेको बताइएको छ। साथै एक समयमा यो बजारमा पुग्ने पहिलो फोल्डेबल–स्क्रिन एप्पल डिभाइस पनि हुनेछ भनेर भन्ने गरिन्थ्यो।

तर अब जीएफ सेक्युरिटीज विश्लेषक जेफ पुको नयाँ रिपोर्टले यो डिभाइस वास्तवमा आइपुग्नको लागि धेरै पर्खनु पर्ने दावी गरेको छ। विशेष गरी, एप्पल–सम्बन्धित जानकारीमा राम्रोसँग जानकार पुले ठूलो फोल्डेबल आउनमा एप्पलले आन्तरिक रूपमा ढिलाइ गरेको बताएका छन्।

एप्पलको पहिलो फोल्डेबल आईफोन सन् २०२६ को चौथो त्रैमासिकमा ठूलो उत्पादनमा प्रवेश नगर्ने भएकोले अब यो डिभाइस सन् २०२७ मा रिलीज हुने सम्भावना पनि कम भएको उल्लेख गरिएको छ।

पुले डिभाइस रिलीज हुनका लागि कति ढिलाइ हुनेछ भन्ने बारेमा भने थप विवरणमा साझा गरेका छैनन्। एप्पलसँग सम्बन्धित जानकारीको भरपर्दो अर्काे स्रोत ब्लूमबर्गका मार्क गर्मनले फोल्डेबल आईप्याड (तर २० इन्च स्क्रिन भएको) सन् २०२८ मा मात्र आउने विश्वास व्यक्त गरेका छन्।

यो डिभाइस आईप्याड वा म्याक हुनेछ भन्ने बारेमा अझै सम्म पनि स्पष्टता नभएको जनाइएको छ। तर जे भए पनि यो फोल्ड गर्न मिल्ने स्क्रिन भएको डिभाइस हुनेछ र फोल्ड गर्न मिल्ने आईफोन भन्दा ठूलो हुने थप उल्लेख गरिएको छ।

त्यसैगरी यो डिभाइस आउनको लागि अझै पनि तीन वर्ष बाँकी भएकाले यसले ठ्याक्कै कुन ओएस चलाउनेछ भन्ने कुरा अप्रासंगिक हुनेछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २१ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार