Technology Khabar २० श्रावण २०८२, मंगलवार
काठमाडौं ।
एप्पलको आगामी आईफोन १७ प्रोको ब्याट्री नयाँ तस्बिरहरूमा देखा परेका छन्। यस अघि, आईफोन १७ एयरको ब्याट्रीको पहिलो झलक देखाउने तस्बिरहरूको बारेमा रिपोर्ट गरिएको थियो। वास्तवमा उक्त तस्बिरहरू आईफोन १७ प्रोको सेलको भएको थाहा हुन आएको छ। लीकस्टर माजिन बुले अब आफ्नो प्रारम्भिक रिपोर्टलाई परिमार्जन गरेको र थप तस्बिरहरू साझा गरेका छन्।
आईफोन १७ प्रोले आईफोन १६ प्रो जस्तै स्टील केसिङको साथ एल–आकारको डिजाइन प्रयोग गर्नेछ। तस्बिरहरूले अमेरिकी र चिनियाँ संस्करणहरूको लागि ब्याट्रीहरू बीचको विशिष्ट भिन्नताहरू पनि देखाउँछन्।
अमेरिकी बजारको लागि संस्करणमा फोनमा भौतिक सिम स्लटको नहुने भएकाले ठूलो ब्याट्री केसिङ रहेको छ। चिनियाँ मोडेलमा भने समर्पित सिम स्लट हुनेछ र जसले अतिरिक्त ठाउँ लिनेछ। अमेरिकी संस्करणमा ठूलो ब्याट्री केसिङको बावजुद डिभाइसले ठूलो ब्याट्री सेल फिचर गर्ने कुरा भने सम्भव नभएको उल्लेख गरिएको छ।
अपडेट गरिएको स्टील केसिङले सुधारिएको हिट (ताप( अडिसिपेसन प्रदान गर्ने अफवाह छ। साथै तस्बिरमा माथिल्लो छेउमा लोजिक बोर्डको लागि घटाइएको क्षेत्र पनि देख्न सकिने छ। एप्पलले ब्याट्री वरिपरि नयाँ एडेसिभ प्रयोग गरिरहेको अफवाह पनि रहेको छ जसले प्रतिस्थापनलाई अलि सजिलो बनाउने भनिएको छ।
गत महिनाको हल्ला अनुसार, आईफोन १७ सिरिज सेप्टेम्बरको दोस्रो हप्तामा लन्च हुने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २० श्रावण २०८२, मंगलवार