फेसन रिटेलर शेइन इटालीको प्रतिस्पर्धा प्राधिकरणको फन्दामा, १० लाख यूरो जरिवाना

  • Technology Khabar | २० श्रावण २०८२, मंगलवार
फेसन रिटेलर शेइन इटालीको प्रतिस्पर्धा प्राधिकरणको फन्दामा, १० लाख यूरो जरिवाना
फाइल फोटो

काठमाडौं ।

इटालीको प्रतिस्पर्धा प्राधिकरण (एजीसीएम) ले चीनमा स्थापना गरिएको अनलाइन फास्ट फेसन रिटेलर शेइनलाई आफ्ना उत्पादनहरूको वातावरणीय प्रभावबारे उपभोक्तालाई भ्रमित गराएको भन्दै सोमबार १० लाख युरो (१.१६ मिलियन डलर) जरिवाना गरेको छ।

फ्रान्सले झूटो छुट र भ्रामक वातावरणीय दावीका कारण जुलाई ३ मा कम्पनीलाई ४० मिलियन युरो जरिवाना गरेपछि एक महिनाभन्दा कम अवधिमा युरोपेली प्रतिस्पर्धा निकायबाट शीनमाथि लागेको यो दोस्रो आर्थिक कारबाही हो।

रोयटर्सका अनुसार एजीसीएमले गत सेप्टेम्बरमा सुरु गरेको “हरियालीका नाउँमा भ्रम” अर्थात् ग्रीनवाशिङसम्बन्धी छानबिनपछि डब्लिनमा आधारित इनफिनिट स्टाइल्स सर्भिसेज कम्पनीमाथि यो जरिवाना लगाएको हो, जुन कम्पनी शीनको युरोपस्थित वेबसाइट सञ्चालन गर्छ। शेइनले टिप्पणीको लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको थिएन।

एजीसीएमलका अनुसार शेइनको वेबसाइटमा दिइएका वातावरणीय दिगोपन र सामाजिक उत्तरदायित्वसम्बन्धी सन्देश “कहिलेकाहीँ अस्पष्ट, सामान्यीकृत र/वा अत्यधिक जोड दिएको, र अन्य अवस्थामा छुटाइएको वा भ्रामक” थिए। शेइनले दिएको ‘चक्रिय प्रणाली डिजाइन’ र उत्पादन पुनःप्रयोगयोग्य हुने दावीहरू “झूटा वा कम्तीमा भ्रम उत्पन्न गर्ने खालका” भेटिएको र ‘एभल्युशेइन बाइ डिजाइन’ नामको संग्रहको वातावरणमैत्री विशेषता बढाइचढाइ गरिएको एजीसीएमले जनाएको छ।

शीनले ‘एभल्युशेइन बाइ डिजाइन’ संग्रहलाई अधिक दिगोपन र जिम्मेवार उत्पादन विधिबाट बनाइएका कपडाको रूपमा प्रचार गर्छ।

एजीसीएमले भन्यो, ‘उपभोक्ता यो संग्रह वातावरणमैत्री सामग्रीबाट बनेको र पूर्ण रूपमा पुनःप्रयोग गर्न मिल्ने हो भन्ने सोच्न बाध्य हुन सक्छन्, तर प्रयोग गरिएका फाइबरहरू र हाल अस्तित्वमा रहेका पुनःप्रयोग प्रणालीलाई हेर्दा त्यो दावी सत्य होइन।‘

एजीसीएमले सन् २०३० भित्र हरितगृह ग्यास उत्सर्जन २५ प्रतिशतले र २०५० सम्म नेट-शून्यमा झार्ने शीनको “अस्पष्ट र सामान्यीकृत” प्रतिबद्धतामाथि पनि प्रश्न उठाएको छ। नियामकले यी दावीहरू सन् २०२३ र २०२४ मा उत्सर्जन बढेको कम्पनीको कार्यप्रणालीसँग मेल नखाने बताएको छ।

एजीसीएमले कम्पनी “उच्च प्रदूषण गर्ने क्षेत्र र विधिबाट सञ्चालन हुने” फास्ट र सुपर-फास्ट फेसन उद्योगमा संलग्न भएको कारण शेइनमाथि “अधिक जिम्मेवारी पर्ने” निष्कर्षले समग्र मूल्याङ्कनलाई प्रभावित गरेको बताएको छ।  एजीसीएम उपभोक्ता संरक्षण र प्रतिस्पर्धा दुवैको निगरानी गर्ने निकाय हो।

एजीसीएमले छानबिन सुरु गर्दा, शेइनले आफू “इटालीका सम्बन्धित अधिकारीहरूसँग खुला रूपमा सहकार्य गर्न तयार रहेको, आवश्यक सहयोग र जानकारी दिन प्रतिवद्ध रहेको” बताएको थियो।

चीनमा स्थापना गरिएको शीन सस्तो टप्स र ड्रेसका लागि परिचित छ। कामदारहरूप्रतिको व्यवहार र वातावरणीय हिसाबले कम्पनीको रेकर्डबारे चासो बढेको थियो, विशेष गरी जब कम्पनीले लन्डनमा सेयर सूचीकृत गर्ने योजना बनाएको खबर बाहिर आएको थियो।

प्रकाशित: २० श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २० श्रावण २०८२, मंगलवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २० श्रावण २०८२, मंगलवार

NOC from Nagarik App

  • २० श्रावण २०८२, मंगलवार

E-pension verification system launched

  • २० श्रावण २०८२, मंगलवार