Technology Khabar २० श्रावण २०८२, मंगलवार
काठमाडौं ।
चीनको पहिलो निजी स्वामित्वको र सबैभन्दा ठूलोमध्येको एक जिली अटो होल्डिङ्ग ग्रुपले उत्पादन गरेको २०२५ जिली ईएक्स५ सिरिज नेपाल भित्रिएको छ।
एलआरआर मोटर्सले विशेषगरी नाडा अटो सो २०२५ लाई लक्षित गरी जिलीका २ मोडल जिली ईएक्स५ प्रो र जिली ईएक्स५ म्याक्स भित्र्याएसँगै उत्पादनको छोटो समयभित्रै विश्वव्यापीरुपमा चर्चा बटुल्न सफल गाडीहरुमाथि नेपाली उपभोक्ताको पहुँच सुनिश्चित भएको कम्पनीको दावी छ। यी मोडलहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन्।
कम्पनीका अनुसार यी दुवै मोडलमा ६०.२ किलोवाट आवर क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारिता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ।
गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैँले उत्पादन गरेको यो ब्याट्रिले आठ ओटा निडल परीक्षण पास गरेसँगै सन्सारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित भएको छ। यो ब्याट्रिको आयु ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रिको क्षमताभन्दा धेरै हो।
साथै आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले जिलीका गाडीहरुको ब्याट्रिमा आठ वर्ष वा २ लाख किमिसम्म वारेण्टि समेत दिएको जनाएको छ।
यी दुवै मोडलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमी/घण्टाको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्छ। यसमा सिएलटिसी परीक्षण अनुसार ५३० किमी र डब्लुएलटीपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको कम्पनीले जनाएको छ, जुन नेपालको भौगोलिक बनावटका लागि पर्याप्त मानिएको छ।
आकर्षक डिजाइन र इन्टेरियर
जिली ईम्याक्स५ श्रृखलाको बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन्।
आन्तरिक भागमा १५.४ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि रहेको छ।
कम्पनीकद्य दावी अनुसार ईम्याक्स५ मा हेडअप डिस्प्ले, हीटिंग, भेन्टिलेटेड र मसाजिङ्ग क्षमतायुक्त आरामदायी सिटको साथै साउण्ड सिस्टम समेत उपलब्ध छन्, जसले उपभोक्तालाई लक्जरी अनुभव दिन्छ।
अत्याधुनिक प्रविधि र आकर्षक मूल्य
यी मोडलहरूमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका सुरक्षा प्रविधिहरू समावेश छन्।
साथै, जिलीले आफ्नै विकसित अटो ओएस–स्मार्ट ककपिट अपरेटिङ सिस्टम) प्रयोग गरेको छ, जसले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेटको सुविधा दिन्छ। ईम्याक्स५ प्रो र ईम्याक्स५ म्याक्स दुवैमा इन्टिग्रेटेड स्मार्ट युआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ।
नेपाली बजारका लागि ईम्याक्स५ प्रो को मूल्य ५८ लाख नेपाली रुपैयाँ तोकिएको छ भने ईम्याक्स५ म्याक्सको ६८ लाख रुपैयाँ तोकिएको भए पनि नाडा अटो शोको क्रममा मूल्यमा केही विशेष लाभ प्रदान गर्ने जनाइएको छ।
आकर्षक मूल्य, लामो रेन्ज, अत्याधुनिक प्रविधि र लक्जरी इन्टेरियरका कारण यी मोडलहरू नेपाली उपभोक्तामाझ लोकप्रिय हुने कम्पनीको विश्वास छ।
नेपाली बजारमा सो मूल्य रेन्जमा भित्रिएका गाडीहरूमा जिलीका यी दुई मोडलले उपभोक्ताको ध्यान खिच्ने साथै प्रतिस्पर्धी ब्राण्डहरुले कायम गरेको मूल्यको तुलनामा जिली धेरै सस्तो हुने कम्पनीको दावी छ।
प्रकाशित: २० श्रावण २०८२, मंगलवार