क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा युवा पक्राउ, ७८ लाख रुपैयाँ भन्दा धेरैको कारोबार

  • Technology Khabar | १९ श्रावण २०८२, सोमबार
क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा युवा पक्राउ, ७८ लाख रुपैयाँ भन्दा धेरैको कारोबार

काठमाडौं ।

गैरकानूनी रहेको क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।

काठमाडौंको कलंकीबाट प्रहरीले हेटौंडा घर भई भक्तपुरको कौशलटार बस्दै आएका २१ वर्षीय सुशान्त दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिएका छन्।दाहाललाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

नेपाली रकम अनुसार ७८ लाख ३० हजार ३८८ रुपैयाँभन्दा बढी रकमको कारोबार गरेको भेटिएको प्रहरीको भनाई छ।

कलंकीमा क्रिप्टोकरेन्सीको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा परिसरको टोली खटिएको थियो। उक्त टोलीले दाहाललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जारी विज्ञप्तीमा उल्लेख छ।

अनुसन्धानको क्रममा उनले युएसडिटी, बिटिसी, इटिएच र बिएन्डबी जस्ता क्रिप्टोकरेन्सीको कारोबार गरेको भेटिएको हो। प्रहरीले उनको मोबाइल र सिमकार्ड समेत बरामद गरेको छ।

प्रहरीले उनीमाथि अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा थप अनुसन्धान थालेको छ।

प्रकाशित: १९ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...